जजीरा एयरलाइन्सद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो उडान पुनः सुरु

जजीरा एयरलाइन्सद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो उडान पुनः सुरु : Icon Khabar

काठमाडौं, फागुन २६ । जजिरा एयरलाइन्सले साढे दुई महिनाको अन्तरालपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान पुनः सञ्चालन गरेको छ ।

कुवेती एयरलाइन्सले बिहीबार बिहान ७ बजेर १५ मिनेटमा आफ्नो विमान ६६ यात्रु लिएर विमानस्थलमा अवतरण गरेको थियो । ९३ यात्रु सवार विमान बिहान ८:०५ मा उडेको थियो।

एयरलाइन्सले गत जेठ २ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएपछि जिबीआइएबाट कुवेतका लागि नियमित उडान गर्दै आएको थियो । मौसमको समस्या देखाउँदै पुस ६ बाट सञ्चालनमा रोक लगाइएको थियो ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार जजिराले हरेक साताको मंगलबार, बिहीबार र शनिबार उडान गर्ने तालिका रहेको छ । एयरलाइन्सले भैरहवा–कुवेत रुटको एकतर्फी टिकट भाडा २८ हजार ८३६ तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 March 2023
Website | + posts




ताजा
दशैंको घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकामा १७५ सवारीसाधन दुर्घटना, ९ जनाको मृत्यु
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित