जजीरा एयरलाइन्सद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो उडान पुनः सुरु

जजीरा एयरलाइन्सद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो उडान पुनः सुरु : Icon Khabar

काठमाडौं, फागुन २६ । जजिरा एयरलाइन्सले साढे दुई महिनाको अन्तरालपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान पुनः सञ्चालन गरेको छ ।

कुवेती एयरलाइन्सले बिहीबार बिहान ७ बजेर १५ मिनेटमा आफ्नो विमान ६६ यात्रु लिएर विमानस्थलमा अवतरण गरेको थियो । ९३ यात्रु सवार विमान बिहान ८:०५ मा उडेको थियो।

एयरलाइन्सले गत जेठ २ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएपछि जिबीआइएबाट कुवेतका लागि नियमित उडान गर्दै आएको थियो । मौसमको समस्या देखाउँदै पुस ६ बाट सञ्चालनमा रोक लगाइएको थियो ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार जजिराले हरेक साताको मंगलबार, बिहीबार र शनिबार उडान गर्ने तालिका रहेको छ । एयरलाइन्सले भैरहवा–कुवेत रुटको एकतर्फी टिकट भाडा २८ हजार ८३६ तोकेको छ ।

Published Date: 10 March 2023
ताजा
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय