निर्वाचन आयोगले आज राष्ट्रपतिसमक्ष राष्ट्रपति निर्वाचनको नतिजासहितको प्रतिवेदन बुझाउने

निर्वाचन आयोगले आज राष्ट्रपतिसमक्ष राष्ट्रपति निर्वाचनको नतिजासहितको प्रतिवेदन बुझाउने : Icon Khabar

काठमाडौं, फागुन २६ । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार भएको राष्ट्रपति निर्वाचनको नतिजासहितको प्रतिवेदन आज पेस गर्ने भएको छ ।

आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिम निर्वाचनको नतिजासहित प्रतिवेदन बुझाउने कार्यतालिका रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।

त्यसैगरी आयोगले राष्ट्रपतिको निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको भन्दै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय रुपमा सम्पन्न गर्न भूमिका खेल्ने राजनीतिक दल, उम्मेदवार, पदाधिकारी, सुरक्षाकर्मीलगायत सबैलाई धन्यवाद दिएको छ ।

Published Date: 10 March 2023
ताजा
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय