नेपालमा ई–सिम प्रयोगकर्ताको संख्या २९ हजार नाघ्यो

नेपालमा ई–सिम प्रयोगकर्ताको संख्या २९ हजार नाघ्यो : Icon Khabar

काठमाडौं, फागुन २६ । नेपालमा ई–सिम (इम्बेडेड सब्सक्राइबर आइडेन्टिटी मोड्युल) प्रयोगकर्ताको संख्या २९ हजार नाघेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले भदौ ३१, २०७९ यता २९ हजारभन्दा बढी इ–सिम जारी गरिएको जानकारी दिए ।

नेपाल टेलिकमले सुरुमा आफ्नो सुन्धारा काउन्टरबाट ई–सिम वितरण गरेको थियो । असोज ४ गतेदेखि नक्साल, चाहबिल, थिमी, भक्तपुर, पाटन, गोङ्गबु, छाउनी र पुल्चोकका ग्राहक सेवा केन्द्रबाट वितरण सुरु भएको थियो भने मङ्सिर ८ गतेदेखि देशभर ई–सिम उपलब्ध गराइएको छ ।

‘नेपाल टेलिकमका पुराना ग्राहकले चाहेमा ई–सिम निःशुल्क प्राप्त गर्न सक्नेछन् । नयाँ पोस्टपेड ई-सिम लिन चाहनेले हालको बिक्री मूल्यमा प्राप्त गर्न सक्नेछन्,’ प्रवक्ता अधिकारीले भने, ‘इ–सिममा ग्राहकले आफ्नो डिभाइसअनुसार २० वटा नेटवर्कमा जडान गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 March 2023
Website | + posts




ताजा
दशैंको घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकामा १७५ सवारीसाधन दुर्घटना, ९ जनाको मृत्यु
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित