नेपालमा ई–सिम प्रयोगकर्ताको संख्या २९ हजार नाघ्यो

नेपालमा ई–सिम प्रयोगकर्ताको संख्या २९ हजार नाघ्यो : Icon Khabar

काठमाडौं, फागुन २६ । नेपालमा ई–सिम (इम्बेडेड सब्सक्राइबर आइडेन्टिटी मोड्युल) प्रयोगकर्ताको संख्या २९ हजार नाघेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले भदौ ३१, २०७९ यता २९ हजारभन्दा बढी इ–सिम जारी गरिएको जानकारी दिए ।

नेपाल टेलिकमले सुरुमा आफ्नो सुन्धारा काउन्टरबाट ई–सिम वितरण गरेको थियो । असोज ४ गतेदेखि नक्साल, चाहबिल, थिमी, भक्तपुर, पाटन, गोङ्गबु, छाउनी र पुल्चोकका ग्राहक सेवा केन्द्रबाट वितरण सुरु भएको थियो भने मङ्सिर ८ गतेदेखि देशभर ई–सिम उपलब्ध गराइएको छ ।

‘नेपाल टेलिकमका पुराना ग्राहकले चाहेमा ई–सिम निःशुल्क प्राप्त गर्न सक्नेछन् । नयाँ पोस्टपेड ई-सिम लिन चाहनेले हालको बिक्री मूल्यमा प्राप्त गर्न सक्नेछन्,’ प्रवक्ता अधिकारीले भने, ‘इ–सिममा ग्राहकले आफ्नो डिभाइसअनुसार २० वटा नेटवर्कमा जडान गर्न सक्नेछन् ।

Published Date: 10 March 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय