माओवादीका विभिन्न समूहका शीर्ष नेताहरूद्वारा संयुक्त पत्रकार सम्मेलन र अन्तरक्रिया गर्ने निर्णय

माओवादीका विभिन्न समूहका शीर्ष नेताहरूद्वारा संयुक्त पत्रकार सम्मेलन र अन्तरक्रिया गर्ने निर्णय : Icon Khabar

काठमाडौं, फागुन २६ । माओवादीका विभिन्न समूहका शीर्ष नेताहरुको संयुक्त बैठकले फागुन ३० गते संयुक्त पत्रकार सम्मेलन र अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । सर्वोच्च अदालतले प्रधानमन्त्री दाहालविरुद्ध मुद्दा चलाउन आदेश दिएपछि बैठक बसेको हो ।

बैठकमा माओवादी केन्द्रका अलावा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत) र वैज्ञानिकहरु सहभागी थिए । विश्वभक्त दुलाल आहुती नेतृत्वको समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी)को पनि सहभागिता थियो।

Published Date: 10 March 2023
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय