हिमालयन बैंक र स्मार्टच्वाईसबीच सम्झौता

हिमालयन बैंक र स्मार्टच्वाईसबीच सम्झौता : Icon Khabar

काठमाडौं, फागुन २४ । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र हिमालयन बैंकबीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागी सम्झौता सम्पन्न भएको छ ।नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र ‘क’ वर्गको वाणिज्य बैंक हिमालयन बैंक लि बीच एक कार्यक्रममा सम्झौता भएको हो।

बिगत २० वर्ष देखि डिजिटल भुक्तानीमा गुणस्तरिय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको राष्ट्रिय वाणिज्य बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

यसै गरी हिमालयन बैंकका मर्चेन्टहरुले पनि स्मार्ट क्यूआरमा आवद्ध भएका बैंक तथा बित्तिय संस्थाका ग्राहकहरु मार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् र स्वीच मार्फत कारोवारको भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।

थपिएको यस सेवाबाट मोबाइल बैंकिङ्ग एप एचआई– एमबि (HI-MB) प्रयोगकर्ताहरूले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटल लगाएत स्मार्ट क्यूआरमा आवद्ध भएका मर्चेन्टहरु मार्फत बस्तु तथा सेवा को भुक्तानी गर्दा सजिलै भुक्तानी गर्न सकिने छ ।

यस सम्झौताबाट बैंकका ग्राहक महानुभावहरुले एससीटी युपीआइ डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्ने छन् । साथै, एससीटी युपीआइ सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पोस, इकमर्शजस्ता सेवा सजिलै लिन सक्ने छन ।

Published Date: 08 March 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै