मुलुकको अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारले कठोर निर्णय लिनुपर्छ: गगन थापा

मुलुकको अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारले कठोर निर्णय लिनुपर्छ: गगन थापा : Icon Khabar

काठमाडौं, फागुन २४ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारले कठोर निर्णय लिनुपर्ने बताएका छन् ।

नेपालको पछिल्लो आर्थिक अवस्थाका बारेमा काठमाडौंमा निजी क्षेत्रसँगको नेपाली कांग्रेसको छलफल कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् । उनले सरकार र संसदले अर्थतन्त्र सुधारलाई उच्च प्राथमिकता दिएमा केही कडा निर्णय गर्नुपर्ने बताए । उनले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले केही महत्वपूर्ण कदम चाल्नुपर्ने बताए ।

महासचिव थापाले काङ्ग्रेस सरकारमा गएर अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि तत्काल सुधार योजना ल्याई अगाडि बढ्ने प्रतिवद्धता जनाए । उनले मुलुकमा वार्षिक १८ हजारभन्दा बढी रोजगारी सृजना हुने अवस्था नहुनु राम्रो सङ्केत नभएको बताए । महासचिव थापाले आर्थिक विकासका लागि संरचनागत सुधार आवश्यक रहेको बताए ।

उनले अर्थतन्त्रको संरचनागत सुधारमा केन्द्रित भएर आर्थिक चक्रमा देखिएका समस्या समाधानका लागि कांग्रेसले इमान्दार प्रयास गर्ने बताए । अर्थतन्त्र खस्कँदै गएको भन्दै यस्तो गुनासो यसअघि कहिल्यै नसुनेको बताउँदै उनले प्रधानमन्त्री र संसदमा सांसदहरुले समेत अर्थतन्त्र संकटमा परेको भन्दै आफुले यस्तो गुनासो गरेको बताए ।

उनले नेपाली अर्थतन्त्रलाई मन्दीमा पुर्‍याएको विरामीको उपचारका लागि कांग्रेस सरकारमा सहभागी भई पहल गर्ने बताए । तत्काल संरचनागत सुधार नहुँदा अर्थतन्त्र केही समय ध्वस्त हुने सम्भावना रहेको पनि उनले बताए ।

महासचिव थापाले अर्थतन्त्र सुधार गर्न संरचनागत सुधार गर्न ढिलो भइसकेको र अहिले नै पहल नगरे अर्थतन्त्र थप संकटमा पर्ने बताए । उनले संसदको चालु अधिवेशनबाट २२/२४ वटा महत्वपूर्ण कानूनलाई टुंगोमा पुर्‍याउन आवश्यक रहेको भन्दै त्यसका लागि कांग्रेसले पहल गर्ने बताए ।

Published Date: 08 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक