महिला उद्यमशीलता र स्वरोजगारी विकासका लागि पहललाई तिब्रता दिनुपर्छ : प्रधानमन्त्री दाहाल

महिला उद्यमशीलता र स्वरोजगारी विकासका लागि पहललाई तिब्रता दिनुपर्छ : प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौं, फागुन २४ । प्रधानमन्त्री पुष्पकमल दाहालले महिला उद्यमशीलता र स्वरोजगारी विकासका लागि पहललाई तिब्रता दिनुपर्ने बताएका छन्।

११३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले महिलालाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास हुनुपर्ने बताउँदै सबै अंगमा समान अधिकार र समानुपातिक प्रतिनिधित्व स्थापना गर्न थप प्रेरणा दिने विश्वास व्यक्त गरे ।

‘यस्ता अधिकारले जनताको जीवनमा सकारात्मक प्रभाव पारेर सामाजिक मान्यता र प्रचलनमा परिवर्तन ल्याउने र सांस्कृतिक रुपान्तरणको जग बसाल्दा मात्रै राजनीतिक अधिकारको महत्व हुन्छ’, प्रधानमन्त्री दाहालले सन्देशमा भनेका छन् । उनले प्रजातन्त्रका लागि भएका सबै आन्दोलन वा महान् जनयुद्ध र अन्य ऐतिहासिक आन्दोलन महिला सहभागिता, नेतृत्व र त्यागको जगमा निर्माण भएको बताए ।

नेपालको संविधानले महिलालाई समान अधिकारका साथै नीति निर्माण र राज्य व्यवस्थापनका सबै पक्षमा सम्मानजनक र समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको छ ।

प्रधानमन्त्री दाहालले पनि महिलालाई पारिवारिक सम्पत्ति, कानुनी उपचार, आयआर्जन र करियर विकासमा प्राथमिकता दिएको बताउँदै विश्वभरका प्रणाली र अभ्यासका हिसाबले पनि महिलालाई गुणात्मक रहेको बताए ।

Published Date: 08 March 2023
ताजा
मंगलबार नेप्से परिसूचक २४.५७ अंकले बढ्यो
विश्वकप २०२६: बेल्जियमको शानदार प्रदर्शन, अमेरिकामाथि ४–१ को जितसहित क्वार्टरफाइनलमा स्पेनसँग भेट
अन्तिम समयमा मेरिनो चम्किए, पोर्चुगललाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप क्वाटरफाइनलमा
मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी