आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घट्यो

आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, फागुन २४ । सुनको भाउ बुधबार तोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, मंगलबार छापावाल सुन तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको थियो ।

बुधबार चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ १२ सय ६५ रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 March 2023
Website | + posts




ताजा
सुन तस्करी प्रकरणः पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता
सोमबार नेप्से परिसूचक ४४.२५ अंकले बढ्यो
चिकित्सक, नर्सिङ्ग तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक सरकारी सरह बनाउन निर्देशन
पछिल्लो साता काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित