राप्रपाको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

राप्रपाको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै : Icon Khabar

काठमाडौं, फागुन २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । बैठकले राष्ट्रपतिको निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने निर्णय गर्ने बताइएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।

राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास नेम्वाङ उम्मेदवार छन् ।

राप्रपाको संघीय संसदमा १४ र प्रदेशसभामा २८ सांसद छन् । राष्ट्रपति निर्वाचनमा उनीहरुको कुल भोट २ हजार ४ सय ५० रहेको छ ।

Published Date: 08 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक