राप्रपाको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

राप्रपाको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै : Icon Khabar

काठमाडौं, फागुन २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । बैठकले राष्ट्रपतिको निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने निर्णय गर्ने बताइएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।

राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास नेम्वाङ उम्मेदवार छन् ।

राप्रपाको संघीय संसदमा १४ र प्रदेशसभामा २८ सांसद छन् । राष्ट्रपति निर्वाचनमा उनीहरुको कुल भोट २ हजार ४ सय ५० रहेको छ ।

Published Date: 08 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास