भारतीय नौसेनाका अधिकृत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बन्दुकसहित पक्राउ

भारतीय नौसेनाका अधिकृत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बन्दुकसहित पक्राउ : Icon Khabar

काठमाडौं, फागुन २३ । नेपाल भ्रमणमा आएका भारतीय नौसेनाका अधिकृतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बन्दुकसहित पक्राउ गरिएको छ ।

भारतीय नौसेनाका चन्द्रशेखर सिंह सोमबार स्वदेश फर्कने क्रममा लगेजमा भरुवा बन्दुक फेला परेपछि टिआइएबाट पक्राउ परेका हुन् ।

सिंहलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको उच्च प्रहरी स्रोतले जनाएको छ । ‘टिआइएको प्रस्थान हलको झोला कोठामा पुगेपछि उनको लगेजमा बन्दुक भेटिएपछि उनलाई पक्राउ गरिएको हो । श्रोतका अनुसार उनलाई पक्राउ गरेलगत्तै भारतीय दूतावासलाई जानकारी गराइएको थियो ।
उनी एयर इन्डिगोको विमानमा भारत जान लागेका थिए । त्यसबेला टिआइएमा नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले बन्दुक फेला पारेका थिए । उनले यसअघि बन्दुक ल्याएको हो वा होइन भन्नेबारे प्रहरीले केही भन्न चाहेन ।

Published Date: 07 March 2023


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली