भारतीय नौसेनाका अधिकृत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बन्दुकसहित पक्राउ

भारतीय नौसेनाका अधिकृत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बन्दुकसहित पक्राउ : Icon Khabar

काठमाडौं, फागुन २३ । नेपाल भ्रमणमा आएका भारतीय नौसेनाका अधिकृतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बन्दुकसहित पक्राउ गरिएको छ ।

भारतीय नौसेनाका चन्द्रशेखर सिंह सोमबार स्वदेश फर्कने क्रममा लगेजमा भरुवा बन्दुक फेला परेपछि टिआइएबाट पक्राउ परेका हुन् ।

सिंहलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको उच्च प्रहरी स्रोतले जनाएको छ । ‘टिआइएको प्रस्थान हलको झोला कोठामा पुगेपछि उनको लगेजमा बन्दुक भेटिएपछि उनलाई पक्राउ गरिएको हो । श्रोतका अनुसार उनलाई पक्राउ गरेलगत्तै भारतीय दूतावासलाई जानकारी गराइएको थियो ।
उनी एयर इन्डिगोको विमानमा भारत जान लागेका थिए । त्यसबेला टिआइएमा नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले बन्दुक फेला पारेका थिए । उनले यसअघि बन्दुक ल्याएको हो वा होइन भन्नेबारे प्रहरीले केही भन्न चाहेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 March 2023
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला