माओवादी नेताहरूले गरे शान्ति सम्झौता विरुद्ध कुनै पनि गतिविधिको विरोध गर्ने निर्णय

माओवादी नेताहरूले गरे शान्ति सम्झौता विरुद्ध कुनै पनि गतिविधिको विरोध गर्ने निर्णय : Icon Khabar

काठमाडौं, फागुन २३ । शान्ति सम्झौताविपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिकारलगायत तीनबुँदे निर्णय गर्दै माओवादी नेताहरुको बैठक सकिएको छ ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘संक्रमणकालीन न्यायसम्बन्धी चलिरहेको छलफलप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । शान्ति प्रक्रियासँग सम्बन्धित विषयहरू बृहत् शान्ति सम्झौताबमोजिम व्यवस्थित हुनुपर्नेमा हामी दृढ विश्वास गर्छौं ।”

बैठकका निर्णयहरूमा विस्तृत शान्ति सम्झौताको मर्मविपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने र संक्रमणकालीन न्यायसम्बन्धी सबै विषयलाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमार्फत टुङ्गो लगाउने र छिटो कार्यान्वयन गर्नेतर्फ केन्द्रित रहेको छ । बैठकले राज्यसँग विभिन्न समयमा भएका सम्झौता कार्यान्वयन गर्न पार्टीका सदस्य प्रतिबद्ध रहेको बताएको छ ।

Published Date: 07 March 2023
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय