माओवादी नेताहरूले गरे शान्ति सम्झौता विरुद्ध कुनै पनि गतिविधिको विरोध गर्ने निर्णय

माओवादी नेताहरूले गरे शान्ति सम्झौता विरुद्ध कुनै पनि गतिविधिको विरोध गर्ने निर्णय : Icon Khabar

काठमाडौं, फागुन २३ । शान्ति सम्झौताविपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिकारलगायत तीनबुँदे निर्णय गर्दै माओवादी नेताहरुको बैठक सकिएको छ ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘संक्रमणकालीन न्यायसम्बन्धी चलिरहेको छलफलप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । शान्ति प्रक्रियासँग सम्बन्धित विषयहरू बृहत् शान्ति सम्झौताबमोजिम व्यवस्थित हुनुपर्नेमा हामी दृढ विश्वास गर्छौं ।”

बैठकका निर्णयहरूमा विस्तृत शान्ति सम्झौताको मर्मविपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने र संक्रमणकालीन न्यायसम्बन्धी सबै विषयलाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमार्फत टुङ्गो लगाउने र छिटो कार्यान्वयन गर्नेतर्फ केन्द्रित रहेको छ । बैठकले राज्यसँग विभिन्न समयमा भएका सम्झौता कार्यान्वयन गर्न पार्टीका सदस्य प्रतिबद्ध रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 March 2023
Website | + posts




ताजा
दशैंको घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकामा १७५ सवारीसाधन दुर्घटना, ९ जनाको मृत्यु
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित