मंगलबार दोहोरो अंकले बढ्यो सेयर बजार

मंगलबार दोहोरो अंकले बढ्यो सेयर बजार : Icon Khabar

काठमाडौँ, फागुन २३ । मंगलबार नेप्से परिसूचक १४.४१ अंक बढेर १९५२.६६ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.५३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंक बढेको छ।

आज २६१ स्टकको २४ हजार ३७३ पटकको कारोबारमा १ अर्ब २० करोड ४४ लाख ९ हजार रुपैयाँ बराबरको ४० लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन शुभम पावर र सुपर मादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। शुभम पावरको शेयर यसै दिनदेखि कारोबारमा आएको हो भने सुपर मादीको गत बिहीबारदेखि कारोबारमा आएको हो। त्यसैगरी, यस दिन सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को मूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ। यस दिन सिवाईसी लघुवित्तको शेयरमूल्य सर्वाधिक ५.१८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज साल्ट ट्रेडिङ्ग कर्पोरेशन शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १२ करोड ७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, आज हिमालयन डिष्टिलरीको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने छिमेक लघुवित्तको करिब साढे ५ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये  आज ११ उपसमूहको परिसूचक बढेको छ भने बाँकी २ उपसमूहको परिसूचक घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 March 2023
Website | + posts