मंगलबार दोहोरो अंकले बढ्यो सेयर बजार

मंगलबार दोहोरो अंकले बढ्यो सेयर बजार : Icon Khabar

काठमाडौँ, फागुन २३ । मंगलबार नेप्से परिसूचक १४.४१ अंक बढेर १९५२.६६ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.५३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंक बढेको छ।

आज २६१ स्टकको २४ हजार ३७३ पटकको कारोबारमा १ अर्ब २० करोड ४४ लाख ९ हजार रुपैयाँ बराबरको ४० लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन शुभम पावर र सुपर मादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। शुभम पावरको शेयर यसै दिनदेखि कारोबारमा आएको हो भने सुपर मादीको गत बिहीबारदेखि कारोबारमा आएको हो। त्यसैगरी, यस दिन सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को मूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ। यस दिन सिवाईसी लघुवित्तको शेयरमूल्य सर्वाधिक ५.१८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज साल्ट ट्रेडिङ्ग कर्पोरेशन शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १२ करोड ७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, आज हिमालयन डिष्टिलरीको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने छिमेक लघुवित्तको करिब साढे ५ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये  आज ११ उपसमूहको परिसूचक बढेको छ भने बाँकी २ उपसमूहको परिसूचक घटेको छ।

Published Date: 07 March 2023








ताजा
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने
गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा, निष्पक्ष छानबिनको माग








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा