आजबाट १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिप

आजबाट १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिप : Icon Khabar

काठमाडौँ, फागुन २३ ।  १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । एसियन एथलेटिक्स एसोसिएसनको कार्यक्रम अनुसार आज मंगलबार (२०७९ फागुन २३गते) हुने च्याम्पियनसिप गोकर्ण गल्फ रिसोर्टमा हुनेछ ।

च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, चाइनिज ताइपे, हङकङ, भारत, इरान, जापान, काजकास्तान, माल्दिभ्स, पाकिस्तान र थाइल्यान्ड गरि ११ राष्ट्रका ६५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यसमा नेपालका सबै भन्दा बढी १९ खेलाडीको सहभागिता रहनेछ । छनोट प्रतियोगिताबाट छानिएका १९ खेलाडीलाई संघले बन्द प्रशिक्षणमा रहेका छन् ।

च्याम्पियनसिपमा सिनियर महिाला र पुरुषतर्फ १० किलोमिटर, २० वर्ष मुनिका जुनियर महिलाातर्फ ६ किलोमिटर र २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ किलोमिटर गरि ४ विधामा व्यक्तिगत र टिम इभेन्ट्सहरुमा प्रतिस्पर्धा हुनेछ । नेपालबाट सिनियर महिलामा ४ र बाँकी सबै इभेन्ट्समा समान ५ खेलाडीले च्याम्पियनसिपमा भाग लिनेछन् ।

च्याम्पियनसिपमा राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद विकास परिषद, सुदूरपश्चिम खेलकुद विकास परिषद्, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, कागेश्वरी मनहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, एनटिभी प्लसको सहयोग रहेको छ ।

त्यस्तै अन्य सहयोगीमा ग्रान्डी इन्टरनेसनल हस्पिटकल, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एनएलजी इन्स्योरेन्स, डाबर नेपाल, एमएडब्लू लाइफ जिप, नेपाल टेलिकम, केल्मी, हाम्रो खेलकुद, क्लासी प्रिन्टर, गोल्ड स्टार, जेट्स ट्राभल्स र गोकर्ण गल्फ रिसोर्ट रहेका छन् ।

२२ वर्षपछि संघलाई यो च्याम्पियनसिप आयोजना गर्ने मौका दिएकोमा एसियन एथलेटिक्स एसोसिएसन र एसोसिएसनका अध्यक्ष जेनेरल दालान अ हमादलाई धन्यवाद दिन चाहन्छौं । अध्यक्ष दालानसहित च्याम्पियनसिप सञ्चालनका लागि अन्य प्राविधिकहरुको आगमन भइसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 March 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न