श्रीलंकामा नेपाललाई २ स्वर्ण र एक रजत

श्रीलंकामा नेपाललाई २ स्वर्ण र एक रजत : Icon Khabar

काठमाडौं, फागुन २२ । मित्र राष्ट्र श्रीलंकामा यही मार्च ४ देखि सन्चालन भएको १० औं आईएसकेडीजे कप कराते च्याम्पियनसिपमा नेपाललाई २ वटा स्वर्ण रएक रजत पदक प्राप्त भएको छ ।

उक्त प्रतियोगितामा –६० किलोमा बुद्धीमान माझी र –८४ किलोमा सोनम बलामीले नेपाललाई स्वर्ण दिलाए । माझीले भारतसंग २–१, बंगलादेशसंग ३–२ र फाईनलमा श्रीलंका संग १–० अन्तरको जितसंगै स्वर्ण पदक बिजेता बनेका थिए । त्यसैगरी बलामीले भारतसंग ३–२, बंगलादेशसंग २–० र फाईनलमा श्रीलंकासंग ३–२ अंक संगै नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।

उक्त प्रतियोगितामा सहभागी ऐटनकुमार मल्लले –६७ तौल समुहमा नेपाललाई रजत पदक दिलाउन सफल भए । उनले सेमिफाईनलमा भारतलाई १–० अंकले पराजित गरि फाईनलमा प्रबेश गरेका थिए भने फाईनलमा आयोजक श्रीलंकासंग रेफ्री सुपरलेटिभको आधारमा ३–२ अंकले पराजित हुदै रजत पदकमा चित्त बुझाएका थिए । ४ देश सहभागी उक्त प्रतियोगितामा २ स्वर्ण र १ रजत पदकसंगै नेपाल समुह तेश्रो बन्न सफल भयो ।

४ कराते सदस्य टोलीसहित सहभागी भएको उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका सचिव प्रवक्ता गजेन्द्रबहादुर खपाङ्गीले गरेका थिए ।

Published Date: 06 March 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु