श्रीलंकामा नेपाललाई २ स्वर्ण र एक रजत

श्रीलंकामा नेपाललाई २ स्वर्ण र एक रजत : Icon Khabar

काठमाडौं, फागुन २२ । मित्र राष्ट्र श्रीलंकामा यही मार्च ४ देखि सन्चालन भएको १० औं आईएसकेडीजे कप कराते च्याम्पियनसिपमा नेपाललाई २ वटा स्वर्ण रएक रजत पदक प्राप्त भएको छ ।

उक्त प्रतियोगितामा –६० किलोमा बुद्धीमान माझी र –८४ किलोमा सोनम बलामीले नेपाललाई स्वर्ण दिलाए । माझीले भारतसंग २–१, बंगलादेशसंग ३–२ र फाईनलमा श्रीलंका संग १–० अन्तरको जितसंगै स्वर्ण पदक बिजेता बनेका थिए । त्यसैगरी बलामीले भारतसंग ३–२, बंगलादेशसंग २–० र फाईनलमा श्रीलंकासंग ३–२ अंक संगै नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।

उक्त प्रतियोगितामा सहभागी ऐटनकुमार मल्लले –६७ तौल समुहमा नेपाललाई रजत पदक दिलाउन सफल भए । उनले सेमिफाईनलमा भारतलाई १–० अंकले पराजित गरि फाईनलमा प्रबेश गरेका थिए भने फाईनलमा आयोजक श्रीलंकासंग रेफ्री सुपरलेटिभको आधारमा ३–२ अंकले पराजित हुदै रजत पदकमा चित्त बुझाएका थिए । ४ देश सहभागी उक्त प्रतियोगितामा २ स्वर्ण र १ रजत पदकसंगै नेपाल समुह तेश्रो बन्न सफल भयो ।

४ कराते सदस्य टोलीसहित सहभागी भएको उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका सचिव प्रवक्ता गजेन्द्रबहादुर खपाङ्गीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 March 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न