आज एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड

आज एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : Icon Khabar

काठमाडौं, फागुन २३ विगत १८ वर्षदेखि आयोजना हुँदै आएको नेपाली खेलकुदकै लोकप्रिय खेल सम्मान पल्सर स्पोर्ट्स अवार्डको १९औं संस्करण विशेष समारोहकाबीच आज मंगलबार आयोजना हुँदैछ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले  काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा एक विशेष समारोहकाबीच स्पोर्ट्स अवार्ड आयोजना हुने जनाएको छ ।  आयोजक मञ्चले अवार्डको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) ले आज कुल ९ विधामध्ये वर्ष २०७८ को वर्ष पुरुष, महिला, युवा र प्रशिक्षकलाइ अवार्ड प्रदान गरिने छ । वर्ष पुरुष अवार्डमा क्रिकेटका कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, फुटबलका किरण चेम्जोङ, अन्जन विष्ट र ब्याडमिन्टनका प्रिन्स दाहाल तथा महिला क्रिकेटकी रुविना क्षेत्री, सीता रानामगर, भलिबलकी अरुणा शाही, बक्सिङकी पुनम रावल, एथ्लेटिक्सकी पुष्पा भण्डारी मनोनयन परेका थिए ।

मन्चका सचिव अन्जन खड्काको नेतृत्वमा रहेको पाँच सदस्यीय खेलाडी छनोट समितिले २०७८ मा उत्कृष्ट नतिजा दिलाएका खेलाडी र प्रशिक्षक छनोट गरेका हुन् । त्यस्तै वर्ष युवा खेलाडीमा फुटबलका मनिष डाँगी, प्रीति राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन र भलिबलकी उषा भण्डारी तथा प्रशिक्षकमा बक्सिङका दीपक महर्जन, फुटबलका अब्दुल्ला अल्मुताइरी, पारा तेक्वान्दोका कविराज नेगी लामा, क्रिकेटका डेभ ह्वाटमोर र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका थिए ।

यस वर्ष  स्पोर्ट्स अवार्डमा ९ विधामा अवार्ड प्रदान गरिने छ । जसमा पिपल्स च्वाइस, वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्ड रहेको छ।

वर्ष पुरुष, महिला, युवा, पिपुल्स च्वाइस र प्रशिक्षक गरी पाँच विधाका विजेताहरूले पल्सर मोटरसाइकल पुरस्कार प्रदान गरिने छ । अन्य विधाका विजेताहरूले नगद पुरस्कार प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 March 2023
Website | + posts