आज एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड

आज एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : Icon Khabar

काठमाडौं, फागुन २३ विगत १८ वर्षदेखि आयोजना हुँदै आएको नेपाली खेलकुदकै लोकप्रिय खेल सम्मान पल्सर स्पोर्ट्स अवार्डको १९औं संस्करण विशेष समारोहकाबीच आज मंगलबार आयोजना हुँदैछ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले  काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा एक विशेष समारोहकाबीच स्पोर्ट्स अवार्ड आयोजना हुने जनाएको छ ।  आयोजक मञ्चले अवार्डको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) ले आज कुल ९ विधामध्ये वर्ष २०७८ को वर्ष पुरुष, महिला, युवा र प्रशिक्षकलाइ अवार्ड प्रदान गरिने छ । वर्ष पुरुष अवार्डमा क्रिकेटका कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, फुटबलका किरण चेम्जोङ, अन्जन विष्ट र ब्याडमिन्टनका प्रिन्स दाहाल तथा महिला क्रिकेटकी रुविना क्षेत्री, सीता रानामगर, भलिबलकी अरुणा शाही, बक्सिङकी पुनम रावल, एथ्लेटिक्सकी पुष्पा भण्डारी मनोनयन परेका थिए ।

मन्चका सचिव अन्जन खड्काको नेतृत्वमा रहेको पाँच सदस्यीय खेलाडी छनोट समितिले २०७८ मा उत्कृष्ट नतिजा दिलाएका खेलाडी र प्रशिक्षक छनोट गरेका हुन् । त्यस्तै वर्ष युवा खेलाडीमा फुटबलका मनिष डाँगी, प्रीति राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन र भलिबलकी उषा भण्डारी तथा प्रशिक्षकमा बक्सिङका दीपक महर्जन, फुटबलका अब्दुल्ला अल्मुताइरी, पारा तेक्वान्दोका कविराज नेगी लामा, क्रिकेटका डेभ ह्वाटमोर र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका थिए ।

यस वर्ष  स्पोर्ट्स अवार्डमा ९ विधामा अवार्ड प्रदान गरिने छ । जसमा पिपल्स च्वाइस, वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्ड रहेको छ।

वर्ष पुरुष, महिला, युवा, पिपुल्स च्वाइस र प्रशिक्षक गरी पाँच विधाका विजेताहरूले पल्सर मोटरसाइकल पुरस्कार प्रदान गरिने छ । अन्य विधाका विजेताहरूले नगद पुरस्कार प्रदान गरिने छ ।

Published Date: 07 March 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु