नेपालको युएईमाथि सानदार जित

नेपालको युएईमाथि सानदार जित : Icon Khabar

काठमाडौँ, फागुन २२ । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईमाथि ४२ रनको सानदार जित हात पारेको छ । योसँगै नेपालले युएईलाई पछि पार्दै ३२ अंकका साथ लिग २ मा पाँचौं स्थानमा उक्लिएको छ । शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता प्राप्त गर्न अव चार मध्य दुई खेलमा जित निकाले पर्याप्त हुनेछ ।

जितको लागि २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको युएई ४६ ओभरमा १ सय ८७ रनमा अल आउट भयो । युएईका ओपनर आसिफ खानले १ सय १५ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ८२ रन बनाएपनि टोलीको हार टार्न सकेनन् ।

नेपालले लिग २ मा पहिलो पटक युएईलाई हराएको हो । ४२ औं ओभरको दोस्रो बलमा दीपेन्द्रसिंह ऐरीले आसिफ खानलाई कट एण्ड बोल्ड गरेपछि नेपाल जित नजिक पुगेको थियो । दीपेन्द्रले लगत्तै अर्को कार्तिक मयाप्पन पनि कट एण्ड बोल्ड आउट गर्दै सहज जिततर्फ अघि बढाए ।

सोमपाल कामीले पहिलो ओभरको दोस्रो बलमै युएईका प्रमुख ब्याटर तथा कप्तान मोहम्मद वासिमलाई शून्यमा बोल्ड आउट गरेका थिए । वासिम एज लागेर बोल्ड हुन पुगेका थिए । तर पहिलो ओभरको दोस्रो बलमै कप्तानलाई गुमाएपनि दोस्रो विकेटका लागि आर्यन लाक्रा र आसिफ खानले ९४ रनको साझेदारी गर्दै राम्रो पूनरागमन गराएका थिए ।

दीपेन्द्रसिंह ऐरीले लाक्रालाई ५० रनमा एलबीडब्लू आउट गर्दै दोस्रो सफलता दिलाए । उनले ७८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । आरिफले ३० औं ओभरको अन्तिम बलमा युएईका प्रमुख ब्याटर वृत्य अरविन्दलाई १३ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका थिए । वृत्यपछि युएईले लगातार विकेट गुमायो ।

सोमपाल कामीले ३४ औं ओभरको पाँचौं बलमा पूर्व कप्तान सिपी रिजवानलाई ७ रनमा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराउँदै नेपाललाई चौथो सफलता दिलाएका थिए । मुस्तफा सोमपाल कामीको बलमा ६ रनमा एलबीडब्लू आउट भए । आयन खान २ रनमा रन आउट भएपछि नेपाल खेलमा फर्किएको थियो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ८ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ७ ओभरमा १ मेडनसहित २६ रन खर्चेर २ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र आरिफ शेखले एक एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो । नेपालका मध्यक्रमका ब्याटर भीम सार्कीले ९९ बलमा ७ चौकासहित सर्वाधिक ७० रनको योगदान दिए । भीमको यो अन्तर्राष्ट्रिय करिअरको उच्च प्रदर्शन थियो ।

ज्ञानेन्द्र मल्ल जुनैदको नवौं ओभरको अन्तिम बलमा ११ रनमा एलबीडब्लू आउट भए । २६ बल खेलेका ज्ञानेन्द्रले २ चौका प्रहार गरे । कप्तान रोहित पौडेल स्पिनर आर्यन लाक्राको १२ औं ओभरको दोस्रो बलमा एक रनमा बोल्ड भएपछि नेपाल समस्यामा परेको थियो । रोहन मुस्तफाले १५ औं ओभरको पहिलो बलमा कुशल मल्ललाई ३२ रनमा बोल्ड आउट गरे ।

ठूलो सट खेलेका कुशललाई मुस्तफाले अनुभवको फाइदा उठाउँदै स्वलो बलमा बोल्ड गरेका थिए । कुशलले ३२ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

आर्यनको १८ औं ओभरको पहिलो बलमा दीपेन्द्रसिंह ऐरी एलबीडब्लू आउट भएपछि नेपाल ६८–५ को अवस्थामा पुगेको थियो । सातौं विकेटका लागि आरिफ र भीम सार्कीले ५६ रनको साझेदारी गरेका थिए । करण केसी ११ बलमा १ चौका र १ छक्कासहित १७ रन बनाए ।

युएईका जुनैद सिद्दिकले १० ओभरमा १ मेडनसहित ५३ रन खर्चेर ३ विकेट लिए । रोहन मुस्तफाले ९ ओभरमा १ मेडनसहित ४३ रन खर्चेर २ विकेट लिए । आर्यन लाक्राले ८ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । कार्तिक मयाप्पनको नाममा एक विकेट रह्यो । नेपाल पहिलो खेलमा युएईसँग ६८ रनले पराजित भएको थियो ।

अव लिग २ को अन्तिम सिरिज नेपालमा बिहीबार देखि नेपालमा सुरु हुनेछ । नेपाल, पपुवा न्युगिनी र युएईबीच टियुमा त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 March 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न