सार्वजनिक गरियो फिल्म ‘दिलमाया २’को टिजर

सार्वजनिक गरियो फिल्म ‘दिलमाया २’को टिजर : Icon Khabar

काठमाडौं, फागुन २२ । राजु गिरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘दिलमाया-२’को अफिसियल टिजर सार्वजनिक भएको छ।

आइतबार सार्वजनिक टिजरमा अभिनेता तथा निर्माता किरण नेपाली र सेन्जल पौडेललाई मुख्य भुमिकामा प्रस्तुत गरिएको छ। लभस्टोरी कथामा निर्माण भएको सिनेमाको टिजरले दर्शकको मन जित्न सक्ने देखिन्छ।

विष्णु निराकर र सुस्मिता खत्रीको छायांका रहेको फिल्ममा खुमबहादुर सुनार र संगीता खत्रीको सम्पादन छ भने फिल्ममा शंकर गिरी, पुर्णकला गिरी र सरिता गिरीकोे निर्माण छ । भीष्मराज फुलाराको गीत रचना, अर्जुन पोखरेल र राजेन्द्र बजगाईको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन छ ।

सुपरहिट सिनेमा ‘दिलमाया’को सिक्वेलको रुपमा निर्माण भएको आगामी असार २९ गतेबाट देशभरका सिनेमा घरबाट प्रदर्शनमा आउँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 March 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न