सार्वजनिक गरियो फिल्म ‘दिलमाया २’को टिजर

सार्वजनिक गरियो फिल्म ‘दिलमाया २’को टिजर : Icon Khabar

काठमाडौं, फागुन २२ । राजु गिरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘दिलमाया-२’को अफिसियल टिजर सार्वजनिक भएको छ।

आइतबार सार्वजनिक टिजरमा अभिनेता तथा निर्माता किरण नेपाली र सेन्जल पौडेललाई मुख्य भुमिकामा प्रस्तुत गरिएको छ। लभस्टोरी कथामा निर्माण भएको सिनेमाको टिजरले दर्शकको मन जित्न सक्ने देखिन्छ।

विष्णु निराकर र सुस्मिता खत्रीको छायांका रहेको फिल्ममा खुमबहादुर सुनार र संगीता खत्रीको सम्पादन छ भने फिल्ममा शंकर गिरी, पुर्णकला गिरी र सरिता गिरीकोे निर्माण छ । भीष्मराज फुलाराको गीत रचना, अर्जुन पोखरेल र राजेन्द्र बजगाईको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन छ ।

सुपरहिट सिनेमा ‘दिलमाया’को सिक्वेलको रुपमा निर्माण भएको आगामी असार २९ गतेबाट देशभरका सिनेमा घरबाट प्रदर्शनमा आउँदैछ।

Published Date: 06 March 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु