पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानका भाषण पाकिस्तानी टेलिभिजनलाई प्रसारण गर्न प्रतिबन्ध

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानका भाषण  पाकिस्तानी टेलिभिजनलाई प्रसारण गर्न प्रतिबन्ध : Icon Khabar

काठमाडौँ, फागुन २२ । पाकिस्तानी सरकारले टेलिभिजन च्यानलहरूलाई पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको भाषण र पत्रकार सम्मेलन प्रसारण गर्न प्रतिबन्ध लगाएको छ । पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले पूर्व प्रधानमन्त्रीले राज्यका संस्थाहरूमा आक्रमण गरेको र घृणालाई बढावा दिएको आरोप लगाउँदै टेलिभिजनहरुलाई उनका भनाइ प्रसारण गर्नबाट रोकेको बताइएको छ ।

उनको “राज्य संस्था र अधिकारीहरू विरुद्ध उत्तेजक बयानहरू” लाई ध्यानमा राख्दै, पाकिस्तान इलेक्ट्रोनिक मिडिया नियामक प्राधिकरण (पेमरा) ले तत्काल प्रभावका साथ सबै स्याटेलाइट टिभी च्यानलहरूमा पूर्व प्रधानमन्त्री इमरान खानको प्रत्यक्ष र रेकर्ड गरिएको भाषण प्रसारण गर्न प्रतिबन्ध लगाएको छ।

आइतबार पूर्वी शहर लाहोरमा गरेको संबोधनमा खानले पोहोर आफूलाई सत्ताबाट हटाउनुमा पूर्व सेना प्रमुख जनरल कमर जावेद बाजवाको हात रहेको आरोप लगाएका थिए ।

पूर्व क्रिकेटरसमेत रहेका खानलाई इस्लामावादबाट प्रहरीले भ्रष्टाचारको मुद्दामा पक्राउ गर्ने प्रयास गरेपछि उनी सरकारप्रति आक्रामक बनेका छन् । आफूमाथि लागेको अनियमितताका आरोप उनले अस्वीकार गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 March 2023
Website | + posts