रियल म्याड्रिड बराबरीमा रोकियो

रियल म्याड्रिड बराबरीमा रोकियो : Icon Khabar

काठमाडौँ, फागुन २२ । एजेन्सी – स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । रियल घरेलु टोली रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो ।

बेनिटो भिल्लामार सेभिल्लामा आइतबार राति भएको खेलमा रियलले घरेलु टोलीमाथि दवाव बढाएपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।

खेलको १२औं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा रियल अग्रता लिनबाट चुकेको थियो । त्यसपछि पनि रियलले गोलको अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिन पुग्यो ।

यस बराबरीले रियलको उपाधि होड कमजोर बनेको छ । यस बराबरीले दोस्रो स्थानमा रहेको रियल शीर्षस्थानको बार्सिलोनासँग ९ अंकले पछि परिसकेको छ ।

रियलको २४ खेलबाट ५३ अंक छ । समान खेलबाटै शीर्षस्थानमा रहेको बार्सिलोनाको ६२ अंक छ । रियललाई बराबरीमा रोकेको रियल बेटिस ४१ अंक जोडेर पाँचौं स्थानमा छ ।

Published Date: 06 March 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै