रियल म्याड्रिड बराबरीमा रोकियो

रियल म्याड्रिड बराबरीमा रोकियो : Icon Khabar

काठमाडौँ, फागुन २२ । एजेन्सी – स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । रियल घरेलु टोली रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो ।

बेनिटो भिल्लामार सेभिल्लामा आइतबार राति भएको खेलमा रियलले घरेलु टोलीमाथि दवाव बढाएपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।

खेलको १२औं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा रियल अग्रता लिनबाट चुकेको थियो । त्यसपछि पनि रियलले गोलको अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिन पुग्यो ।

यस बराबरीले रियलको उपाधि होड कमजोर बनेको छ । यस बराबरीले दोस्रो स्थानमा रहेको रियल शीर्षस्थानको बार्सिलोनासँग ९ अंकले पछि परिसकेको छ ।

रियलको २४ खेलबाट ५३ अंक छ । समान खेलबाटै शीर्षस्थानमा रहेको बार्सिलोनाको ६२ अंक छ । रियललाई बराबरीमा रोकेको रियल बेटिस ४१ अंक जोडेर पाँचौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 March 2023
Website | + posts




ताजा
चिकित्सक, नर्सिङ्ग तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक सरकारी सरह बनाउन निर्देशन
पछिल्लो साता काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै
देशका विभिन्न कारागारबाट भागेका ५ हजार ५४७ कैदीबन्दीको नामावली सार्वजनिक
सोमबार सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित