बिहीबार हुने राष्ट्रपति निर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि सुरु हुँदै

बिहीबार हुने राष्ट्रपति निर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि सुरु हुँदै : Icon Khabar

काठमाडौं, फागुन २२ । बिहीबार हुने राष्ट्रपति निर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि सुरु हुँदैछ ।

निर्वाचन आयोगले आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने र मौन अवधिमा प्रचारप्रसार गर्न नपाइने जनाएको छ ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भरपर्दो, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदानको ४८ घण्टा अगाडिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुँदासम्म प्रचारप्रसार गर्न निषेध गरिने बताए । ।

निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै कुनै पनि हालतमा भोट माग्न र प्रचारप्रसारमा संलग्न नहुन आग्रह गरेको छ । निर्वाचन (कसुर र सजाय) ऐन, २००७ र निर्वाचन आचारसंहिता, २०७९ को परिच्छेद २ बमोजिम उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको छलफल, अन्तरक्रियात्मक बैठक, गोष्ठी, गोष्ठी, गोष्ठी आदि सञ्चालन गर्ने, मौन अवधिमा चुनाव प्रचार निषेध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 March 2023
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू