बिहीबार हुने राष्ट्रपति निर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि सुरु हुँदै

बिहीबार हुने राष्ट्रपति निर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि सुरु हुँदै : Icon Khabar

काठमाडौं, फागुन २२ । बिहीबार हुने राष्ट्रपति निर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि सुरु हुँदैछ ।

निर्वाचन आयोगले आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने र मौन अवधिमा प्रचारप्रसार गर्न नपाइने जनाएको छ ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भरपर्दो, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदानको ४८ घण्टा अगाडिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुँदासम्म प्रचारप्रसार गर्न निषेध गरिने बताए । ।

निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै कुनै पनि हालतमा भोट माग्न र प्रचारप्रसारमा संलग्न नहुन आग्रह गरेको छ । निर्वाचन (कसुर र सजाय) ऐन, २००७ र निर्वाचन आचारसंहिता, २०७९ को परिच्छेद २ बमोजिम उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको छलफल, अन्तरक्रियात्मक बैठक, गोष्ठी, गोष्ठी, गोष्ठी आदि सञ्चालन गर्ने, मौन अवधिमा चुनाव प्रचार निषेध गरिएको छ।

Published Date: 06 March 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय