चीनले बढायो आफ्नो रक्षा बजेट

चीनले बढायो आफ्नो रक्षा बजेट : Icon Khabar

बेइजिङ,फागुन २२ । चीनले यस वर्ष रक्षा खर्च ७.२ प्रतिशतले बढाएर १.५६ ट्रिलियन युआन (२३० अर्ब डलर) पुर्याउने तयारी गरेको छ । आफ्ना सेनालाई थप शक्तिशाली बनाउने उद्देश्यले चीनले रक्षा बढाउने निर्णय गरेको हो।

चीनको रक्षा बजेट गत वर्ष ७.१ प्रतिशतले बढेर १.४५ ट्रिलियन युआन पुगेको छ, जुन २०२१ मा ६.८ प्रतिशतले बढेको र २०२० मा ६.६ प्रतिशतले बढेको चीनको सरकारी तथ्यांकले देखाएको छ।

सन् २०१९ मा चीनको रक्षा खर्च ७.५ प्रतिशतले बढेर १.१९ ट्रिलियन युआन पुगेको थियो । चीनले आफ्नो रक्षा बजेट बढाएको यो लगातार आठौं पटक हो।

चिनियाँ संसद (नेसनल पिपुल्स कंग्रेस) मा संबोधन गर्दै प्रधानमन्त्री ली केकियाङ्गले चीनलाई कमजोर बनाउने प्रयास तीव्र भएको भन्दै यस वर्ष रक्षा बजेट बढाउने निर्णय गरिएको बताए ।

रक्षा क्षेत्रमा खर्च गर्ने देशहरूमा चीनभन्दा अमेरिकानै मात्र अगाडि छ । जसको रक्षा बजेट २०२३ मा ८१६ बिलियन डलर थियो।

Published Date: 06 March 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु