युएईलाई हराउने सोचमा नेपाल

युएईलाई हराउने सोचमा नेपाल : Icon Khabar

काठमाडौँ, फागुन २२ । नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज घरेलु टोली युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याहन्न ११:४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्ने आशा कायमै राख्न नेपालले घरेलु टोली युएईलाई हराउनै पर्ने हुन्छ । तर लिग २ मा नेपालले युएईलाई हालसम्म पराजित गरेको छैन । लिग २ मा नेपाल र युएईबीच तीन खेल हुँदा सबै खेलमा घरेलु टोली युएई विजयी भएको छ। नेपालाई शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता बचाउन तीन खेल जित्नुपर्ने हुन्छ ।

युएईलाई पनि शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न नेपाललाई हराउनै पर्ने दबाब छ । युएईलाई ओडिआई मान्यता सोझै जोगाउन तीन जित आवश्यक देखिन्छ । नेपाल पहिलो खेलमा युएईसँग ६८ रनले पराजित भएको थियो । जितको लागि २ सय ८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १ सय ३९ रनमा अल आउट भएको थियो ।

तर युएई पुछारमा रहेको पपुवा न्युगिनीसँग मात्रै ९७ रनमा अल आउट भएको थियो । पहिलो खेलमा युएई पपुवा न्युगिनीसँग १ सय ३१ रनले पराजित भएको थियो । पपुवा न्युगिनीले युएईलाई हराएको हुँदा नेपालको मनोबल उच्च छ ।

नेपालका कुशल मल्लले युएईविरुद्ध सर्वाधिक ६० रनको योगदान दिँदा ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । बायाँ खुट्टाको ग्रोइन समस्याको कारण कुशलले युएईसँगको खेल गुमाउने छन् । कुशलको स्थानमा सन्दीप जोरालाई खेलाउँदै ब्याटिङ मजबुत बनाउन सक्छ । जोरा आक्रामक ब्याटिङको क्षमता राख्छन् । उनी टोलीसँगै युएईमा भएपनि अन्तिम १४ खेलाडीको सूचिमा भने थिएनन् ।

नेपाल ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलबाट खेलमा उत्कृष्ट प्रदर्शन चाहन्छ । युवा ब्याटर कुशल मल्ल भने राम्रो लयमा छन् । अनुभवी ज्ञानेन्द्रबाट नेपालले आजको खेलमा ठूलो अपेक्षा गरेको छ । तीव्र गतिका बलरमा करण केसी र सोमपाल कामी हुनेछन् । आरिफ शेखले पार्टटाइम तीव्र गतिका बलरमा साथ दिनेछन्।

स्पिनरमा सन्दीप लामिछाने हुन् । सन्दीपलाई दीपेन्द्र र कुशल मल्लले साथ दिनेछन् । नेपाल ६ बलिङ विकल्पका साथ मैदान उत्रनेछ । सबै खेलाडी ब्याटिङको क्षमता राख्छन् । सन्दीपले पपुवा न्युगिनीविरुद्ध ३५ रन जोड्दै ब्याटिङमा झनै आशा थपेका छन् । करण र सोमपाल राम्रो ब्याटरमा पर्दछन् । जिम्मेवारीका साथ खेल्न आवश्यक देखिन्छ । पिचमा रन बनाउन भने सहज छैन ।

युएईको ब्याटिङ शीर्ष चार ब्याटरमा निर्भर छ । ओपनर मोहम्मद वासिम, वृत्य अरविन्द, सिपी रिजवान र रोहन मुस्तफाको विकेट निकै महत्वपूर्ण हुनेछ । यी चार ब्याटर सस्तैमा आउट हुँदा नेपाल पुरै खेलमा हाबी हुनसक्छ । मध्यक्रम र तल्लोक्रम ब्याटिङ युएईको सवैभन्दा ठूलो कमजोरीको रुपमा छ । वासिम प्रमुख प्रमुख ब्याटर हुन् । ओपनर वासिममा सुरुवातमा आउट गर्दा युएई पुरै खेलमा दबाबमा पर्नसक्छ ।

Published Date: 06 March 2023






ताजा
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता