बुद्ध एयरले फागुन २५ गतेदेखि पोखरा–भद्रपुर सिधा उडान गर्ने

बुद्ध एयरले फागुन २५ गतेदेखि पोखरा–भद्रपुर सिधा उडान गर्ने : Icon Khabar

काठमाडौं, फागुन २१ । बुद्ध एयरले पोखरादेखि झापाको भद्रपुरसम्म सिधा उडान हुने भएको छ । पोखरालाई केन्द्रमा राखेर क्षेत्रीय उडान विस्तार गर्दै बुद्ध एयरले भद्रपुर उडान तालिका सार्वजनिक गरेको छ ।

पोखरादेखि भद्रपुरसम्म फागुन २५ गतेदेखि दैनिक सिधा उडान हुने एयरलाइन्सले जनाएको छ ।पोखरादेखि भद्रपुर उडानको समयावधि एक घण्टाको हुनेछ भने प्रवद्र्धनात्मक भाडा रु ७ हजार ५ सय तोकिएको छ । पोखराबाट भद्रपुरको उडान समय बिहान ६ः१५ र भद्रपुरबाट पोखराको उडान समय साँझ ६ः५५ रहेको एयरलाइन्सले जनाएको छ ।

यो उडान रुटका कारण दुवै पर्यटकीय सहरका जनताले यस उडानबाट लाभान्वित हुने विश्वास गरिएको छ । दैनिक उडानले यी दुई स्थानका पर्यटकीयस्थलमा चहलपहल बढाउने वायुसेवा कम्पनीको विश्वास छ । भद्रपुर नजिकै चिया बगान, विभिन्न धार्मिक स्थल र देशका उत्कृष्ट स्थानहरू देख्न सकिन्छ। इलाम र ताप्लेजुङबाट सगरमाथा, मकालु, कञ्चनजङ्घालगायतका हिमालहरू अवलोकन गर्न सकिन्छ।

बुद्ध एयरका अनुसार भारतीय सहर सिक्किम र पश्चिम बङ्गाल, दार्जिलिङ, सिलगढी र भद्रपुर नजिकका विभिन्न सहरका पर्यटकलाई यो सिधा उडानबाट पोखरा आउन र आउन सहज हुनेछ । भद्रपुर र सीमापारका पर्यटकले पोखरा र वरपरका ताल र हिमनदीको आनन्द लिन सक्छन्। पोखरा साहसिक र पदयात्रा मन पराउने पर्यटकका लागि आकर्षक गन्तव्य हो ।

Published Date: 05 March 2023
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय