पर्यटन बोर्डको प्रर्वद्धनमा धरानमा धरान एक्सपो सम्पन्न

आफ्नै स्वाद र संस्कार संस्कृतीको नेपाली मोडलको पर्यटन आवश्यक: मन्त्री किराती

पर्यटन बोर्डको प्रर्वद्धनमा धरानमा धरान एक्सपो सम्पन्न : Icon Khabar

धरान, फागुन २१ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले धरानलाई पूर्वी धार्मिक स्थलहरू र सप्तकोशी जलमार्गलाई उपयोग गर्दै धरानलाई पर्यटनको हब बनाएर यसभेगका स्वदेशी उत्पादनको बजारीकरण गर्नु पर्ने बताएका छन्।

नेपाल पर्यटन बोर्डको प्रर्वद्धनमा सुनसरी उद्योग वाणिज्य संघले धरानमा आयोजना गरेको धरान एक्स्पो २०७९ को समापन समारोहमा बोल्दै मन्त्री किराँतीले धरान व्यापारिक र पर्यटन केन्द्र भएकाले पर्यटनको हबको रूपमा विकास गरी त्यसलाई स्वदेशी उत्पादनको बजारीकरणको केन्द्र पनि बनाउन सकिने धारणा राखे।

पर्यटनलाई यस भेगका उत्पादनको आफ्नो स्वाद र संस्कार संस्कृतीको रूपमा नेपाली मोडल बनाएर नेपाली उत्पादनलाई बजारीकरण गरिनु पर्ने कुरामा उनले ध्यानाकर्षण गराउँदै मन्त्री किराँतीले नेपाली स्रोत साधनलाई सामूहिक रूपमा सञ्चालन गर्दै प्रविधि मैत्री किसान, उद्यमी, व्यापारी सबै पर्यटनको दिगो विकासमा लाग्नु पर्नेमा जोड दिए।

पूर्व मन्त्री मीन विश्वकर्माले धरानमा सबै थोक रहेकोले यहाँको लगानी कति पलायन हुँदैछ त्यसप्रति गम्भीर हुन आग्रह गरे। उनले उद्योगी व्यवसायीलाई स्थानिय उत्पादनको ब्राण्डिङमा समेत जोड दिए। नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले धरान क्षेत्रको विकासको लागि एकिकृत अवधारणा आवश्यक रहको बताए ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उत्पादन मुखी व्यापार, व्यवसायीले लगानी गरेर कमाएको पुँजीलाई धरान बाहिर लैजान नपाउने नियम बन्न जरुरी भएको बताए । विगत देखि नै पर्यटन बोर्डले यस क्षेत्रको पर्यटन प्रर्वद्धनमा जोड दिएको बताउँदै यो एक्सपोले धरान र यस वरपरको पर्यटन प्रवद्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण शाहले बताए।

फागुन ११ गतेदेखि शुरु भएको एक्पोमा पर्यटनसंग सम्बनिधत १५ सहित विभिन्न १३० वटा स्टरल रहेको सुनसरी उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्षले विजय श्रेष्ठले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 March 2023
Website | + posts