गायक बद्री पंगेनी र रचना रिमालको स्वरमा ‘पैसा सापटी’ नामको गीत सार्वजनिक

गायक बद्री पंगेनी र रचना रिमालको स्वरमा ‘पैसा सापटी’ नामको गीत सार्वजनिक : Icon Khabar

काठमाडौँ, फागुन २१ । लोकप्रिय लोकगायक बद्री पंगेनी र गायीका रचना रिमालको स्वरमा ‘पैसा सापटी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक पंगेनीकै शब्द र संगीत रहेको छ ।

सामाजिक विषयमा तयार पारेको १७ मिनेट लामो गीत सार्वजनिक भएयता १० लाख बढीले हेरिसकेका छन्। आफन्त, नातेदार र साथीभाइले अनेकन बहानामा पैसा सापट लिने र तिर्ने बेलामा सयौँ बहाना बनाएर लापता हुने विषयको गीतमा गायिका रचना रिमालको साथ रहेको छ।

आफन्त र साथीभाइलाई सहयोग र उपकार गर्ने क्रममा मानिसहरू कसर आफैँ बर्बाद हुन्छन् र समस्यामा पर्छन् अनि पैसा फिर्ता नगरी उनीहरूले कसरी दुःख दिन्छन् भन्ने विषयमा गाइएको गीतमाथि भिडियो पनि सोहीअनुसार फिल्मी शैलीमा तयार पारिएको छ। गीतमा रचना र सङ्गीत गायक पङ्गेनीको छ भने संवादसमेत राखिएको गीतको भिडियोको निर्देशन पनि उहाँ स्वयंले गर्नुभएको हो। गीतको भिडियोलाई हास्य अभिनेता तथा मोडल सागर लम्साल (बले), पुराना फिल्मकर्मी तथा टिकटक स्टार सन्तोष पौडले (बटुकजी)लगायतका कलाकारको सहभागिता छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 March 2023
Website | + posts