सहरमा ओभरहेड केबल व्यवस्थापन गर्न मन्त्री शर्माको निर्देशन

सहरमा ओभरहेड केबल व्यवस्थापन गर्न मन्त्री शर्माको निर्देशन : Icon Khabar

काठमाडौं, फागुन २१ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले काठमाडौं उपत्यकालगायत प्रमुख सहरका अव्यवस्थित ओभरहेड केबलको व्यवस्थित व्यवस्थापन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएकी छन् ।

प्राधिकरणको २५औँ वार्षिकोत्सवका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले सडक सफा राख्न र सहरलाई व्यवस्थित गर्न ओभरहेड केबलको व्यवस्थापन गर्नुपर्ने बताईन् ।

सञ्चार मन्त्रालयले प्राधिकरणका लागि आवश्यक ऐन–नियम निर्माण गर्ने काम गरिरहेको जानकारी दिँदै तत्काल नतिजा दिन सरोकारवाला सबैलाई एकजुट हुन आग्रह गरिन् ।

सो अवसरमा मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले प्राधिकरणलाई सेवा विस्तार र गुणस्तर अभिवृद्धि गर्न आग्रह गरे।

कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अव्यवस्थित ओभरहेड केबल व्यवस्थापनका लागि अहिले भूमिगत अप्टिकल फाइबर बिछ्याउने काम भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 March 2023
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित