लगातार २ दिन बढेको नेप्से १२ अंकले घट्यो

लगातार २ दिन बढेको नेप्से १२ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, पुष १३। लगातार दुई दिन उच्च अंकले बढेको सेयर बजार आज बुधबार फेरि घटेको छ। सोमबार ५६ र मंगलबार ५९ अंकले बढेको सेयर बजार परिसूचक नेप्से आज भने ११ दशमलव ८१ अंकले घटेर एक हजार नौ सय ७२ दशमलव १५ बिन्दुमा झरेको छ।

आज फाइनान्स, जलविद्युत्, बिमा र म्युचल फन्ड समूहबाहेक सबै समूहको सेयर घटेको छ। यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ।

आज दुई सय ५७ कम्पनीका ६५ लाख ३० हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १५ करोड रुपैयाँबराबरको कारोबार भएका छ। आज सबैभन्दा धेरै नबिल बैंकको आठ करोड ८५ लाख रुपैयाँबराबरको सयर किनबेच भएको छ।

समग्रमा बजार घटे पनि सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्सुरेन्स, धौलागरिरि लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था र सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको छ भने माहुली लघुवित्त वित्तीय संस्थाको सेयर सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ।

Published Date: 28 December 2022


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर