लगातार २ दिन बढेको नेप्से १२ अंकले घट्यो

लगातार २ दिन बढेको नेप्से १२ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, पुष १३। लगातार दुई दिन उच्च अंकले बढेको सेयर बजार आज बुधबार फेरि घटेको छ। सोमबार ५६ र मंगलबार ५९ अंकले बढेको सेयर बजार परिसूचक नेप्से आज भने ११ दशमलव ८१ अंकले घटेर एक हजार नौ सय ७२ दशमलव १५ बिन्दुमा झरेको छ।

आज फाइनान्स, जलविद्युत्, बिमा र म्युचल फन्ड समूहबाहेक सबै समूहको सेयर घटेको छ। यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ।

आज दुई सय ५७ कम्पनीका ६५ लाख ३० हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १५ करोड रुपैयाँबराबरको कारोबार भएका छ। आज सबैभन्दा धेरै नबिल बैंकको आठ करोड ८५ लाख रुपैयाँबराबरको सयर किनबेच भएको छ।

समग्रमा बजार घटे पनि सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्सुरेन्स, धौलागरिरि लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था र सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको छ भने माहुली लघुवित्त वित्तीय संस्थाको सेयर सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 December 2022
Website | + posts
ताजा
अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान विरुद्व सर्वोच्चमा रिट
रविलाई थुनामुक्त गर्न मागप्रति आदेश आउन बाँकी
सोमबार नेप्से परिसूचक २७.९० अंकले घट्यो
आजदेखि माबिलुङ इनर्जीको आईपीओ निष्काशन


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल