पर्यटन व्यवसायी संघको अध्यक्षमा निराजन तिवारी निर्वाचित

पर्यटन व्यवसायी संघको अध्यक्षमा निराजन तिवारी निर्वाचित : Icon Khabar

काठमाडौं, पुष १३। नेपाल पर्यटन विकास व्यवसायी संघको चौथोे साधारण सभा सम्पन्न भएको छ । होटल आर्टस काठमाडौँमा सम्पन्न सभाले संघको अध्यक्षमा निराजन तिवारीलाई निर्वाचित गरेको छ ।

संघको उपाध्यक्षमा अच्युत सिग्देल, सचिवमा भागवत सिंखडा, सहसचिवमा अमित वस्ती, कोषाध्यक्षमा भरत प्रसाद तिमिल्सिना तथा सदस्यहरुमा राजु थपलिया, ऋषिराज उपाध्याय, नाती महर्जन र रिदिप श्रेष्ठ निर्वाचित भएका छन् । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले पर्यटन क्षेत्रमा लागि परेका विभिन्न संस्थाको नाम फरक भए पनि उद्देश्य भने एकै रहेकाले सहकार्यमा जोड दिए ।

आगामी दिनहरुमा पर्यटन प्रवद्र्धनलगायतका कार्यहरुमा नेपाल पर्यटन विकास व्यवसायी संघसँग सहकार्य रहिरहने उनले बताए । श्रेष्ठले पर्यटन क्षेत्रमा निजी क्षेत्रको महत्वपूर्ण लगानी रहेकाले यसलाई जोगाउन सरकारले महत्वपूर्ण भूमीका खेल्नुपर्नेमा समेत जोड दिए ।

“सरकारले पर्यटनमा पनि एग्रो टुरिजम लगायतमा जोड दिनुपर्छ,” उनले भने, “पर्यटनलाई विभिन्न विधामा जोड्न सके यसबाट दिगो विकास सम्भव छ ।” कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका ईतिहास संस्कृति तथा पुरातत्व विभागका प्रमुख डा. सोमप्रसाद खतिवडाले पर्यटन व्यवसायी संघसँग मिलेर आफूले नेपालको कला तथा संस्कृति क्षेत्रमा खोजमुलक काम गर्ने बताए ।

Published Date: 28 December 2022


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर