पहिचानको आन्दोलन जारी रहन्छ : मन्त्री मोदी

पहिचानको आन्दोलन जारी रहन्छ : मन्त्री मोदी : Icon Khabar

झापा,फागुन २० । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले पहिचानको आन्दोलन जारी रहने बताएका छन् । झापाको कन्काई नगरपालिका–९ मा राजवंशी समाज विकास समितिद्धारा आयोजित राजवंशी धर्म संस्कार प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा मन्त्री मोदीले यस्तो बताएका हुन् । मन्त्री मोदीले आफू सम्बद्ध पार्टी माओवादी केन्द्रले नै पहिचानको मुद्दा उठाएको स्मरण गर्दै प्राप्त हुन बाँकी उपलब्धिका लागि संघर्ष जारी रहने बताए । “एमाले कांग्रेसले यो देशमा गणतन्त्र आउनै सक्दैन भन्थे, आज हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा छौँ”, मन्त्री मोदीले भने, “कुनै न कुनै बेला संघर्षको प्रतिफल प्राप्त हुन्छ, ढिला हुन सक्ला तर पहिचानको आन्दोलनले अवश्य प्रतिफल प्राप्त गर्छ ।”

मन्त्री मोदीले प्रदेश १ को नाम कोशी राखिसके पनि पहिचान सहितको नामका लागि संघर्ष जारी रहने बताए । “१ नम्बर प्रदेशको नामकरण भइसकेको छ, हामी पहिचान सहितको नामकरणकै पक्षमा थियौँ, तर कांग्रेस र एमालेले कोशी बाहेकको नाम सुन्नै चाहेनन्”, उनले भने, “संघर्षको अध्याय सकिएको छैन, पहिचान सहितको नामकरणको लागि हाम्रो संघर्ष झन् कठोर भएर अगाडि बढ्छ ।”

मन्त्री मोदीले माओवादी आन्दोलनले नै पहिचानको आन्दोलन जन्माएको बताउँदै भने, “पहिचानकै लागि माओवादीले १० वर्षे जनयुद्ध गरेको हो, हजारौँ सहिदले बलिदानी गरेका हुन्, लाखौँ घाईते अपाङ्ग र टुहुरा भएका हुन् । त्यसैले अधिकार प्राप्ति नभएसम्म पहिचानको आन्दोलन जारी रहन्छ ।” त्यस्तै झापाको बिर्तामोडमा कोचिला राष्ट्रिय मुक्ति मोर्चा नेपालले सहिद सप्ताहको अवसरमा आयोजना गरेको सहिद सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले पहिचानको आन्दोलनको स्वरुपलाई थप परिस्कृत गर्दै संघर्षमा जानुपर्ने समेत बताए ।

“नामकरणको सन्दर्भमा जे भए पनि पहिचानमा आधारित हुनुपर्ने थियो, तर त्यस्तो हुन सकेन” उनले भने, “अब सकारात्मक तरिकाबाट संघर्षमा जानुपर्छ । संघर्ष नगरेसम्म श्रेष्ठता हासिल गर्न सक्दैन ।” उत्पीडित जाति र समुदायले आफ्नो संस्कार, संस्कृति र भाषाको जगेर्नामा विशेष ध्यान दिनुपर्ने मन्त्री मोदीको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 March 2023
Website | + posts
ताजा
भक्तपुरमा अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५ हुँदै
मंगलबार नेप्से परिसूचक २६.२२ अंकले घट्यो
भारतको उत्तराखण्डमा आएको बाढी र पहिरोमा हराइरहेका २६ जना नेपालीको नाम सार्वजनिक
तामाकोशी नदीमा बगरे एक वृद्ध बेपत्ता


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू