सुदूरपश्चिम खप्तड गोल्डकप चैतको दोस्रो साता

सुदूरपश्चिम खप्तड गोल्डकप चैतको दोस्रो साता : Icon Khabar

 धनगढी फागुन २० । छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप चैतको दोस्रो साता आयोजना हुने भएको छ । आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनीक गरेको हो ।

क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगिताको छैटौं संस्करण चैत ९ गतेदेखि १८ गतेसम्म धनगढी रंगशालामा हुने बताए । सोही अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा)बाट प्रतियोगिताका लागि स्विकृति प्राप्त भएको उल्लेख गरे ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको छैटौं संस्करणको प्रतियोगितामा समेत १० टिम सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ६ ए डिभिजनका क्लब, दुई विदेशी, एक मोफसल र आयोजक गरि १० टिमको सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ भने विधागत तर्फका उत्कृष्ट खेलाडीले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको उदयीमान खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गर्ने आयोजकले जनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले मुख्य प्रायोजकको रुपमा प्रबद्र्धन गरेको सुदूरपश्चिम खप्तड गोल्डकप कैलाली जिल्ला फुटबल संघको समन्वयमा हुन लागेको हो । सुदूरपश्चिम क्षेत्रमा फुटबल खेलको विकास र प्रबद्र्धन गर्नका लागि स्थापना भएको सुदूरपश्चिम ११ स्पोर्टस क्लबले हरेक वर्ष यो कार्यक्रम आयोजना गर्दै आएको छ ।

Published Date: 04 March 2023


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग