एमबाप्पेको कीर्तिमानी गोलमा पिएसजीको रोमाञ्चक जित

एमबाप्पेको कीर्तिमानी गोलमा पिएसजीको रोमाञ्चक जित : Icon Khabar

काठमाडौं, फागुन २१ । एजेन्सी –फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको कीर्तिमानी गोल मद्दतमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा  रोमाञ्चक जित दर्ता गरेको छ ।

पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको १२औं मिनेटमा मेस्सीको गोलबाट पिएसजीले अग्रता लिएको थियो । १७औं मिनेटमा जाओविन हड्जामले आत्मघाती गोल गरेपछि पिएसजीले २–० ले अग्रता लियो ।

३१औं मिनेटमा लुडोभिक ब्लास्टले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ३८औं मिनेटमा गनागोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ६०औं मिनेटमा डानिलोले गोल गर्दै पिएसजीलाई ३–२ को अग्रता दिलाए ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई ४–२ को रोमाञ्चक जित दिलाए । यस गोलसँगै एमबाप्पे पिएसजीको सर्वाधिक गोलकर्ता बनेको छ । उनले पिएसजीका लागि २०१ गोल गर्दै एडिन्सन काभानीलाई पछि पारेको हो ।

यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २६ खेलबाट ६३ अंक पुगेको छ । पिएसजीले दोस्रो स्थानको मार्सेलाई ११ अंकले पछि पारेको छ । पराजित नान्टेस २८ अंक जोडेर १३औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 March 2023
Website | + posts




ताजा
देशका विभिन्न कारागारबाट भागेका ५ हजार ५४७ कैदीबन्दीको नामावली सार्वजनिक
सोमबार सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले बढ्यो
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम : कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित