एमबाप्पेको कीर्तिमानी गोलमा पिएसजीको रोमाञ्चक जित

एमबाप्पेको कीर्तिमानी गोलमा पिएसजीको रोमाञ्चक जित : Icon Khabar

काठमाडौं, फागुन २१ । एजेन्सी –फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको कीर्तिमानी गोल मद्दतमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा  रोमाञ्चक जित दर्ता गरेको छ ।

पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको १२औं मिनेटमा मेस्सीको गोलबाट पिएसजीले अग्रता लिएको थियो । १७औं मिनेटमा जाओविन हड्जामले आत्मघाती गोल गरेपछि पिएसजीले २–० ले अग्रता लियो ।

३१औं मिनेटमा लुडोभिक ब्लास्टले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ३८औं मिनेटमा गनागोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ६०औं मिनेटमा डानिलोले गोल गर्दै पिएसजीलाई ३–२ को अग्रता दिलाए ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई ४–२ को रोमाञ्चक जित दिलाए । यस गोलसँगै एमबाप्पे पिएसजीको सर्वाधिक गोलकर्ता बनेको छ । उनले पिएसजीका लागि २०१ गोल गर्दै एडिन्सन काभानीलाई पछि पारेको हो ।

यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २६ खेलबाट ६३ अंक पुगेको छ । पिएसजीले दोस्रो स्थानको मार्सेलाई ११ अंकले पछि पारेको छ । पराजित नान्टेस २८ अंक जोडेर १३औं स्थानमा छ ।

Published Date: 05 March 2023


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग