भक्तपुर दरबार क्षेत्र परिसरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर दरबार क्षेत्र परिसरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, फागुन २० । आइकन मिडिया हाउस प्रा लि, भक्तपुरद्वारा संचालित नेपाली अनलाइन समाचार पोर्टल आइकन खबर डटकम र भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघको संयुक्त आयोजनामा शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत रहि भक्तपुर दरबार क्षेत्रको प्रवेशद्वार खौमा परिसरमा आयोजित सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको प्राविधिक सहयोग रहेको थियो।

शनिबार सम्पन्न सो कार्यक्रममा ५८ जना रक्तदाताले रक्तदान गरेको थियो। यस दिन भक्तपुरको धेरै ठाउँमा विभिन्न संघ संस्थाले रक्तदान आयोजना गरिएता पनि आइकन खबर डटकम र भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघको संयुक्त आयोजनामा गरेको यस कार्यक्रममा ५८ जनाले रक्तदान गरेर उत्शाहजनक सहभागिता जनाएको प्रति आइकन खबरका अध्यक्ष किरण सुवालले खुशी ब्यक्त गरे।

सो कार्यक्रमका संयोजक तथा भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघका सचिव अल्बर्ट बज्राचार्यले नियमित रक्तदान कार्यक्रमको आयोजनाले आवश्यक परेको बेला तत्काल रगत आपूर्तिमा सहज बनाउन सहयोग पुग्ने बताए।

उक्त रक्तदान कार्यक्रमका लागि पिक्सेल्स इन्ग्रेभर्स, न्यु डेनिस इलेक्ट्रोनिक ईण्टर्प्राइजेज, ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) जिल्ला शाखा भक्तपुर र लायन्स क्लब अफ भक्तपुर नमस्ते सहयोगी संस्थाका रूपमा रहेका थिए।

Published Date: 04 March 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक