एलडिसी सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ आज कतार जाँदै

एलडिसी सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ आज कतार जाँदै : Icon Khabar

काठमाडौं, फागुन १ अति कम विकसित मुलुकहरु (एलडिसी) को सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ आज कतारको दोहा प्रस्थान गर्ने भएका छन्।

यही फागुन २१ देखि २५ गतेसम्म आयोजित सो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपालले यसवर्ष अति कम विकसित देशहरु (एलडिसी)को अध्यक्षता ग्रहण गर्ने कार्यक्रम छ। यसअघि मालवीले अध्यक्षता ग्रहण गरेको थियो। उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, सांसद जीतेन्द्रनारायण देव, नेपाल सरकारका सचिव तथा कतारस्थित नेपाली राजदूतलगायत छन्।

उपप्रधानमन्त्री श्रेष्ठले भ्रमणका क्रममा एलडिसी सम्मेलनका प्लेनरी सेसनमा भाग लिनेछन्। त्यस्तै विभिन्न देशका प्रतिनिधिसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको परारष्ट्र मन्त्रालयले जनाएको छ।

साथै, दोहामा रहेका प्रवासी नेपाली आबद्ध सङ्घ संस्थाका प्रतिनिधिसँग मन्त्री श्रेष्ठले भेट तथा छलफल गर्ने कार्यक्रम छ। उपप्रधानमन्त्री श्रेष्ठ यही फागुन २३ गते स्वदेश फर्कने कार्यक्रम छ।

Published Date: 03 March 2023
ताजा
मंगलबार नेप्से परिसूचक २४.६३ अंकले घट्यो
भेनेजुएलाको भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त
इम्युनिटी पावर बलियो बनाउन गर्मीमा पिउनुस यी पेय पदार्थहरू
काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी