त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल युएई संग पराजित

त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल युएई संग पराजित : Icon Khabar

काठमाडौं, फागुन १ । नेपाल आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईसँग ६८ रनको फराकिलो अन्तरले पराजित भएको छ । यो हारसँगै नेपालको शीर्ष तीनमा रहँदै सोझै विश्वकप खेल्ने सम्भावना निकै कठिन बनेको छ ।

जितको लागि २ सय ८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३१.५ ओभरमा १ सय ३९ रनमा अल आउट भयो । सुरुवात देखि नै विकेट गुमाएको नेपालका लागि कुशल मल्ले अर्धसतकीय पारी खेले पनि जित दिलाउन सकेनन् । मल्लले ६० रन बनाएर आउट भए । यस्तै आसिफ शेखले १७ रन तथा सन्दीप लामिछानेले २६ रन बनाउँदा अन्य कुनै खेलाडीले दोहोरो रन बनाउन सकेनन् । युएईका रोहन मुस्ताफा र कार्तिक मैयाप्पनले ३ ३ विकेट लिए । यस्तै जुनैद सिद्धिकीले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनाएको थियो । यूएईका लागि ओपनिङ गरेका आसिफ खानले सर्वाधिक ७२ रन बनाउँदा रोहन मुस्ताफाले अविजित ५२ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले ३, करण केसी, आसिफ शेख र कुशल मल्लले एक एक विकेट लिए ।

विश्वकप लिग–२ को अंक तालिकामा नेपाल ३० खेलबाट २८ अंकसहित छैटौँ स्थानमा छ।

Published Date: 03 March 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु