त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल युएई संग पराजित

त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल युएई संग पराजित : Icon Khabar

काठमाडौं, फागुन १ । नेपाल आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईसँग ६८ रनको फराकिलो अन्तरले पराजित भएको छ । यो हारसँगै नेपालको शीर्ष तीनमा रहँदै सोझै विश्वकप खेल्ने सम्भावना निकै कठिन बनेको छ ।

जितको लागि २ सय ८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३१.५ ओभरमा १ सय ३९ रनमा अल आउट भयो । सुरुवात देखि नै विकेट गुमाएको नेपालका लागि कुशल मल्ले अर्धसतकीय पारी खेले पनि जित दिलाउन सकेनन् । मल्लले ६० रन बनाएर आउट भए । यस्तै आसिफ शेखले १७ रन तथा सन्दीप लामिछानेले २६ रन बनाउँदा अन्य कुनै खेलाडीले दोहोरो रन बनाउन सकेनन् । युएईका रोहन मुस्ताफा र कार्तिक मैयाप्पनले ३ ३ विकेट लिए । यस्तै जुनैद सिद्धिकीले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनाएको थियो । यूएईका लागि ओपनिङ गरेका आसिफ खानले सर्वाधिक ७२ रन बनाउँदा रोहन मुस्ताफाले अविजित ५२ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले ३, करण केसी, आसिफ शेख र कुशल मल्लले एक एक विकेट लिए ।

विश्वकप लिग–२ को अंक तालिकामा नेपाल ३० खेलबाट २८ अंकसहित छैटौँ स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 March 2023
Website | + posts




ताजा
जेनजी आन्दोलनका कारण बन्द रहेको चन्द्रगिरी केवलकार शनिबारबाट संचालनमा आउने
चीनद्वारा अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित
काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना, एक जनाको मृत्यु
बुधबार नेप्से परिसूचक १२.१७ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका