व्हीलचेयर क्रिकेट टोलीको घोषणा

व्हीलचेयर क्रिकेट टोलीको घोषणा : Icon Khabar

काठमाडौं, फागुन १८ । भारतको गुजरातमा हुने व्हीलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको बिहीबार घोषणा गरिएको छ । नेपाल पारा ओलम्पिक कमिटीले सानोगौचरणमा पत्रकार सम्मेलन गर्दै १२ खेलाडीको नाम सार्वजनिक गरेको हो ।

छनोट भएका खेलाडीहरुमा हिमालय आर्यल (कप्तान), रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोम राई, फणिनारायण पौडेल, रमेश खत्री, बरुण मगर र राजु कट्वाल रहेका छन् । प्रशिक्षकमा भने भरत कार्की रहेका छन् ।

चैत १ देखि ६ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंका गरी ४ राष्ट्र सहभागी हुने छन् । पहिलो राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगमा शीर्ष २ स्थान हात पार्ने खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

Published Date: 02 March 2023


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग