मेस्सीले दिए विश्वकप जित्ने प्रत्येक खेलाडीलाई सुनको आईफोन

लियोनेल मेस्सीले विश्व कप विजेता अर्जेन्टिनाका सहकर्मी र स्टाफका लागि ३५ स्वर्ण व्यक्तिगत आइफोन अर्डर गरे

मेस्सीले दिए विश्वकप जित्ने प्रत्येक खेलाडीलाई सुनको आईफोन : Icon Khabar

काठमाडौं, फागुन १८ । लियोनेल मेस्सीले विश्वकप फुटबल विजेता अर्जेन्टिनाका राष्ट्रिय टिमका सम्पूर्ण खेलाडी र अन्य सदस्यले सुनकाे आईफोन उपहार दिएका छन् । राष्ट्रिय टिमका कप्तानसमेत रहेका स्टार फुटबलर लिओनल मेस्सीले विजेता बनेको खुशियालीमा टिमका प्रत्येक सदस्यलाई उपहार दिएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द सनको रिपोर्ट अनुसार, उक्त आईफोन २४ क्यारेटको सुनले बनेको छ प्रत्येक खेलाडीको नाम, जहाँ क्यामेराको छेउमा खेलाडीको नाम र जर्सी नम्बर छ भने एप्पल लोगोको ठाउँमा अर्जेन्टिना राष्ट्रिय फुटबल टिमको लोगो र तल ‘वर्ल्ड कप च्याम्पियन २०२२’ लेखिएको छ । आफ्नो जीवनको सबैभन्दा ठूलाे खुशीकाे पल मनाउन मेस्सीले यस्ताे उपहार दिएको उल्लेख गरेको छ ।

मेस्सीले विश्वकप विजेता टिमका प्रत्येक सदस्यलाई विशेष उपहार दिन चाहेको बताएपछि साे कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बेन ल्याेन्सले प्रिमियम २४ क्यारेट गोल्डको आईफोन दिन सुझाव दिएका थिए । यसलाई स्वीकार गर्दै मेस्सीले टिमका सबै खेलाडी र अफिसियल सदस्यका सुनकाे आईफोन अर्डर गरेका थिए । स्मार्टफाेन कस्टमाइेजन सेवा दिँदै आएकाे कम्पनी ‘आईडिजाइन गोल्ड’ ले मेस्सीले अर्डर गरेअनुरूप ३५ ओटा सुनकाे आईफोन तयार पारेकाे थियाे ।

उक्त आईफोन खरिदका लागि मेस्सीले एक लाख ७५ हजार पाउन्ड  खर्च गरेको उल्लेख गरेको छ ।

Published Date: 02 March 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी