मेस्सीले दिए विश्वकप जित्ने प्रत्येक खेलाडीलाई सुनको आईफोन

लियोनेल मेस्सीले विश्व कप विजेता अर्जेन्टिनाका सहकर्मी र स्टाफका लागि ३५ स्वर्ण व्यक्तिगत आइफोन अर्डर गरे

मेस्सीले दिए विश्वकप जित्ने प्रत्येक खेलाडीलाई सुनको आईफोन : Icon Khabar

काठमाडौं, फागुन १८ । लियोनेल मेस्सीले विश्वकप फुटबल विजेता अर्जेन्टिनाका राष्ट्रिय टिमका सम्पूर्ण खेलाडी र अन्य सदस्यले सुनकाे आईफोन उपहार दिएका छन् । राष्ट्रिय टिमका कप्तानसमेत रहेका स्टार फुटबलर लिओनल मेस्सीले विजेता बनेको खुशियालीमा टिमका प्रत्येक सदस्यलाई उपहार दिएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द सनको रिपोर्ट अनुसार, उक्त आईफोन २४ क्यारेटको सुनले बनेको छ प्रत्येक खेलाडीको नाम, जहाँ क्यामेराको छेउमा खेलाडीको नाम र जर्सी नम्बर छ भने एप्पल लोगोको ठाउँमा अर्जेन्टिना राष्ट्रिय फुटबल टिमको लोगो र तल ‘वर्ल्ड कप च्याम्पियन २०२२’ लेखिएको छ । आफ्नो जीवनको सबैभन्दा ठूलाे खुशीकाे पल मनाउन मेस्सीले यस्ताे उपहार दिएको उल्लेख गरेको छ ।

मेस्सीले विश्वकप विजेता टिमका प्रत्येक सदस्यलाई विशेष उपहार दिन चाहेको बताएपछि साे कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बेन ल्याेन्सले प्रिमियम २४ क्यारेट गोल्डको आईफोन दिन सुझाव दिएका थिए । यसलाई स्वीकार गर्दै मेस्सीले टिमका सबै खेलाडी र अफिसियल सदस्यका सुनकाे आईफोन अर्डर गरेका थिए । स्मार्टफाेन कस्टमाइेजन सेवा दिँदै आएकाे कम्पनी ‘आईडिजाइन गोल्ड’ ले मेस्सीले अर्डर गरेअनुरूप ३५ ओटा सुनकाे आईफोन तयार पारेकाे थियाे ।

उक्त आईफोन खरिदका लागि मेस्सीले एक लाख ७५ हजार पाउन्ड  खर्च गरेको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 March 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने