भारतबाट एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेर आयो

भारतबाट एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेर आयो : Icon Khabar

काठमाडौँ, फागुन १७ । भारतबाट खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई १५–१५ दिनमा मूल्य सूची पठाउने प्रावधान अनुरुप नयाँ सूची पठाएको हो ।

जसअनुसार ग्यासको मूल्यमा उच्च वृद्धि भएर आएको निगमले जनाएको छ । योसहित ग्यासमा प्रतिसिलिण्डर ६३५ रुपैयाँ नोक्सान रहने निगमले जनाएको छ ।

नेपालमा ग्यासको मूल्य नबढाउने हो भने हालको खपतअनुसार १५ दिनमा ९३ करोड रुपैयाँ ग्यासमा मात्रै नोक्सानी हुने निगमले जनाएको छ । भारतबाट ग्यासको मूल्य बढेर आए पनि डिजेल र पेट्रोलको मूल्य भने सामान्य घटेर आएको छ ।

निगमका अनुसार डिजेल प्रतिलिटर ५ रुपैयाँ ५ पैसा तथा पेट्रोल प्रतिलिटर १ रुपैयाँ २१ पैसा घटेर आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
Published Date: 01 March 2023
Website | + posts