भारतबाट एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेर आयो

भारतबाट एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेर आयो : Icon Khabar

काठमाडौँ, फागुन १७ । भारतबाट खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई १५–१५ दिनमा मूल्य सूची पठाउने प्रावधान अनुरुप नयाँ सूची पठाएको हो ।

जसअनुसार ग्यासको मूल्यमा उच्च वृद्धि भएर आएको निगमले जनाएको छ । योसहित ग्यासमा प्रतिसिलिण्डर ६३५ रुपैयाँ नोक्सान रहने निगमले जनाएको छ ।

नेपालमा ग्यासको मूल्य नबढाउने हो भने हालको खपतअनुसार १५ दिनमा ९३ करोड रुपैयाँ ग्यासमा मात्रै नोक्सानी हुने निगमले जनाएको छ । भारतबाट ग्यासको मूल्य बढेर आए पनि डिजेल र पेट्रोलको मूल्य भने सामान्य घटेर आएको छ ।

निगमका अनुसार डिजेल प्रतिलिटर ५ रुपैयाँ ५ पैसा तथा पेट्रोल प्रतिलिटर १ रुपैयाँ २१ पैसा घटेर आएको छ ।

Published Date: 01 March 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर