प्रदेश नं १ को नाम ‘कोशी’ राख्न प्रदेश सभाको बहुमत सदस्यद्वारा छलफलका लागि अनुमोदन

प्रदेश नं १ को नाम ‘कोशी’ राख्न प्रदेश सभाको बहुमत सदस्यद्वारा छलफलका लागि अनुमोदन : Icon Khabar

काठमाडौं, फागुन १७ । प्रदेश नं १ को नाम ‘कोशी’ राख्न प्रदेश सभाको बहुमत सदस्यले छलफलका लागि अनुमोदन गरेका छन् । यस्तै प्रदेशको नाम ‘किराँत–लिम्बुवान–सगरमाथा’ राख्ने प्रस्ताव प्रदेशसभामा छलफलपछि अस्वीकृत भएको छ ।

प्रदेशको नाम कोशी राख्ने विषयमा छलफल गर्न एमालेका प्रदेशसभा सदस्य रामबहादुर राना मगरको प्रस्ताव प्रदेशसभाले स्वीकृत गरेको छ । अहिले प्रदेशसभामा प्रदेशको नाम कोशीबारे छलफल भइरहेको छ । छलफलपछि संसदमा प्रस्तावमाथि मतदान हुने बताइएको छ ।

एमाले प्रदेशसभा सदस्य रामराना मगरले प्रदेश १ को नाम ‘कोशी’ राख्न प्रस्ताव दर्ता गराएका छन् । प्रस्तावको पक्षमा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी रहेका छन् ।

प्रदेशसभाको बहुमतले प्रदेशको नाम ‘कोशी’ छलफलका लागि स्वीकृत गरेपछि सभामुख बाबुराम गौतमले प्रदेशको नाम किराँत–लिम्बुवान–सगरमाथा राख्ने प्रस्ताव अस्वीकृत भएको बताए ।

यसअघि नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट प्रदेशसभा सदस्य राजेन्द्र राई सचिवालयले प्रदेशको नाम ‘किरात–लिम्बुवान–सगरमाथा’ राख्न प्रस्ताव गरेका थिए ।

Published Date: 01 March 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर