सम्पदा क्षेत्रका अव्यवस्थित तार हटाउन ललितपुर महानगरको निर्देशन

सम्पदा क्षेत्रका अव्यवस्थित तार हटाउन ललितपुर महानगरको निर्देशन : Icon Khabar

काठमाडौँ, फागुन १७ ।  ललितपुर महानगरले सम्पदा क्षेत्रका अव्यवस्थित तार हटाउन १० दिनको समय दिएको छ। नगर प्रमुख चिरीबाबु महर्जनले पहिलो चरण अन्तर्गत महानगरको सम्पदा क्षेत्रका तार १० दिनभित्र काट्न निर्देशन दिएको हो।

महानगरको चारवटा अशोक स्तुपा क्षेत्र वरपर टाँगिएका तार, कुम्भेश्वर मन्दिर परिसरमा टाँगिएका तार, पाटन दरबार क्षेत्र वरपरका तार र रातो मछिन्द्रनाथको रथ निर्माण गरिने ठाउँ पुल्चोकस्थित रथखेलमा टाँगिएका तार हटाउन नगर प्रमुखले निर्देशन दिएको हो।

तार हटाउन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन (आइएसपिए) लाई ललितपुर महानगरले जिम्मा दिएको छ। तार व्यवस्थापन गर्न आइएसपिएलाई ललितपुर महानगरले नगर प्रहरीसहित अन्य आवश्यक सहयोग गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए।

नगर प्रमुख महर्जनले गुजुल्टिएको तारमा आगो लागेको घटना धेरै सुनेको बताउँदै नगर र नगरबासीको सुरक्षाका लागि पनि अव्यवस्थित तार तत्काल हटाउनु पर्ने बताए । अव्यवस्थित तारका कारण शहर कुरुप बनेको उनकाे भनाइ थियो ।

‘नगर र नगरबासीको सुरक्षा पहिलो हो, यी तारले ललितपुरलाई स्मार्ट सिटी बनाउने हाम्रो अभियानलाई बाधा पुर्‍याएको छ,’ महर्जनले भने, ‘१० दिन भित्र तार नहटाए महानगरले नै हटाउने छ ।’ तार हटाउँदा आवश्यक तार पनि काटिन सक्ने तर्फ इंगित गर्दै उनले भने, ‘मेसिन खरिद गरिसक्यौं, आफैं काट्छौं ।’

सडकमा गाडिएको खम्बा, घरको भित्तामा असरल्ल टाँगिएको तारको गुजुल्टोका कारण आफूलाई लज्जाबोध भएको महर्जनको भनाइ थियो । ललितपुर घुम्न आएका पर्यटक र कामका सिलसिलामा भेट्न आउने विदेशी पाहुनाले यी असरल्ल तारका गुजुल्टाबारे टिप्पणी गर्दा आफूलाई सहज भएको उनले बताए । ललितपुरका मनमोहक सम्पदाका तस्वीर खिज्न खोज्दा अव्यवस्थित तारले तस्वीर खिचन् समेत बाधक बनेको गुनासो आफू समक्ष गरेको तितो अनुभव उनले बैठकमा सुनाएका थिए ।

Published Date: 01 March 2023


ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २० गते शुक्रबार
नक्कली प्रहरी बनेर अपहरण गर्ने दीपक खड्का भक्तपुरबाट पक्राउ
एसईईको प्रश्नपत्र आउट गरी चिट चोराएको आरोपमा रौतहटबाट तीन जना पक्राउ
ऐतिहासिक बिस्का: जात्राको तयारी तीव्र, भैरव र भद्रकालीको रथ निर्माण चैत २६ गतेसम्म सम्पन्न हुने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता