एमाले र कांग्रेसले आफ्नो विगतको अडान त्यागेर प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव गर्यो: राजेन्द्रकुमार राई

एमाले र कांग्रेसले आफ्नो विगतको अडान त्यागेर प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव गर्यो: राजेन्द्रकुमार राई : Icon Khabar

विराटनगर, फागुन १७ । नेकपा (एकीकृत समाजवादी) ले नेकपा एमाले र नेपाली काँग्रेसले आफ्नो विगतको अडान त्यागेर प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव गरेको दाबी गरेको छ ।

प्रदेश १ को प्रदेशसभाको बुधबारको बैठकमा प्रदेशको नाम किरात–लिम्बुवान–सगरमाथा राख्ने प्रस्ताव राख्दै एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले एमाले र काँग्रेसले विगतको प्रतिबद्धता बिर्सेको आरोप लगाए ।

उनले संविधानसभाको दुवै निर्वाचनमा एमालेले आफ्नो चुनावी वाचामा पहिचानसहितको प्रदेशको मुद्दा उठाएको बताए । पहिलो संविधानसभामा एमालेले पहिचान र भूगोलका आधारमा नामकरण गरेर १३ प्रदेशसम्म बनाउन सकिने प्रस्ताव गरेको दाबी गर्दै राईले पहिचानको विषयलाई बेवास्ता गरेर नाम प्रस्ताव गर्नु उपयुक्त नभएको बताए ।

नेपाली कांग्रेसले विगतमा प्रदेशको नामकरण गर्दा पनि पहिचानलाई आधार मानेको भए पनि अहिले आफ्नो प्रतिबद्धताबाट पछि हटेको उनको आरोप छ । ‘द्वन्द्व मेटाउने र पहिचान खोज्ने नाम हुनुपर्छ,’ उनले भने ।

उनले विगतमा कांग्रेसले जस्तै समस्यालाई पनि सम्बोधन गर्ने उनको भनाइ छ । नेकपा एकीकृत समाजवादी पार्टीको बैठक बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 March 2023
Website | + posts
ताजा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलद्वारा भिजिटर पास वितरण बन्द
सरकारद्वारा एकैपटक ७२ जना सहसचिवहरूको सरुवा
विदेश पठाउने भन्दै चार करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ
बुधबार नेप्से परिसूचक १०.५० अंकले घट्यो


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू