एमाले र कांग्रेसले आफ्नो विगतको अडान त्यागेर प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव गर्यो: राजेन्द्रकुमार राई

एमाले र कांग्रेसले आफ्नो विगतको अडान त्यागेर प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव गर्यो: राजेन्द्रकुमार राई : Icon Khabar

विराटनगर, फागुन १७ । नेकपा (एकीकृत समाजवादी) ले नेकपा एमाले र नेपाली काँग्रेसले आफ्नो विगतको अडान त्यागेर प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव गरेको दाबी गरेको छ ।

प्रदेश १ को प्रदेशसभाको बुधबारको बैठकमा प्रदेशको नाम किरात–लिम्बुवान–सगरमाथा राख्ने प्रस्ताव राख्दै एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले एमाले र काँग्रेसले विगतको प्रतिबद्धता बिर्सेको आरोप लगाए ।

उनले संविधानसभाको दुवै निर्वाचनमा एमालेले आफ्नो चुनावी वाचामा पहिचानसहितको प्रदेशको मुद्दा उठाएको बताए । पहिलो संविधानसभामा एमालेले पहिचान र भूगोलका आधारमा नामकरण गरेर १३ प्रदेशसम्म बनाउन सकिने प्रस्ताव गरेको दाबी गर्दै राईले पहिचानको विषयलाई बेवास्ता गरेर नाम प्रस्ताव गर्नु उपयुक्त नभएको बताए ।

नेपाली कांग्रेसले विगतमा प्रदेशको नामकरण गर्दा पनि पहिचानलाई आधार मानेको भए पनि अहिले आफ्नो प्रतिबद्धताबाट पछि हटेको उनको आरोप छ । ‘द्वन्द्व मेटाउने र पहिचान खोज्ने नाम हुनुपर्छ,’ उनले भने ।

उनले विगतमा कांग्रेसले जस्तै समस्यालाई पनि सम्बोधन गर्ने उनको भनाइ छ । नेकपा एकीकृत समाजवादी पार्टीको बैठक बस्दैछ ।

Published Date: 01 March 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर