सन्दीप लामिछाने आइसिसी विश्वकप लिग–२ अन्तर्गत भोलि हुने खेलका लागि युएई प्रस्थान

सन्दीप लामिछाने आइसिसी विश्वकप लिग–२ अन्तर्गत भोलि हुने खेलका लागि युएई प्रस्थान : Icon Khabar

काठमाडौं, फागुन १७ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने युएई, पपुवा न्युगिनी र नेपालबीच हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत भोलि हुने खेलका लागि युएई प्रस्थान गरेका छन् । यसअघि नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेलाई आज साँझसम्म युएई पठाउने तयारी गरेको थियो ।

उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गर्दै लामिछानेलाई देशबाहिर जान रोक लगाएपछि शनिबार टोलीसँगै जान पाएनन् । तर सोमबार सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले पाटन उच्च अदालतको धरौटीको आदेशलाई सदर गर्दै लामिछानेलाई खेल खेल्न विदेश जान अनुमति दिएको हो ।

नेपालले हिजो भएको सिरिजमा पपुवा न्युगिनीलाई पराजित गरेको थियो । आईसीसी विश्वकप लिग–२ का आठ खेलमध्ये बाँकी चार खेल नेपालमा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 March 2023
Website | + posts
ताजा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलद्वारा भिजिटर पास वितरण बन्द
सरकारद्वारा एकैपटक ७२ जना सहसचिवहरूको सरुवा
विदेश पठाउने भन्दै चार करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ
बुधबार नेप्से परिसूचक १०.५० अंकले घट्यो


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू