सन्दीप लामिछाने आइसिसी विश्वकप लिग–२ अन्तर्गत भोलि हुने खेलका लागि युएई प्रस्थान

सन्दीप लामिछाने आइसिसी विश्वकप लिग–२ अन्तर्गत भोलि हुने खेलका लागि युएई प्रस्थान : Icon Khabar

काठमाडौं, फागुन १७ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने युएई, पपुवा न्युगिनी र नेपालबीच हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत भोलि हुने खेलका लागि युएई प्रस्थान गरेका छन् । यसअघि नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेलाई आज साँझसम्म युएई पठाउने तयारी गरेको थियो ।

उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गर्दै लामिछानेलाई देशबाहिर जान रोक लगाएपछि शनिबार टोलीसँगै जान पाएनन् । तर सोमबार सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले पाटन उच्च अदालतको धरौटीको आदेशलाई सदर गर्दै लामिछानेलाई खेल खेल्न विदेश जान अनुमति दिएको हो ।

नेपालले हिजो भएको सिरिजमा पपुवा न्युगिनीलाई पराजित गरेको थियो । आईसीसी विश्वकप लिग–२ का आठ खेलमध्ये बाँकी चार खेल नेपालमा हुनेछन् ।

Published Date: 01 March 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर