सङ्घीय संसद्को पहिलो बैठक पुस २५ गते, सोमवार बस्ने

सङ्घीय संसद्को पहिलो बैठक पुस २५ गते, सोमवार बस्ने : Icon Khabar

काठमाडौँ, पुष १३। सङ्घीय संसद्को पहिलो बैठक पुस २५ गते, सोमवार बस्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त दिन सङ्घीय संसद्का दुवै सदनको अधिवेशन बोलाएको संसद्का प्रवक्ताले जानकारी दिएका छन्।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसअनुसार उक्त दिन दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरिएको संसद्‌का प्रवक्ता रोजनाथ पाण्डेले बताए।

बैठकअघि सर्वदलीय र कार्यव्यवस्था परामर्श समितिको बैठक आयोजना गरिने संसद् सचिवालयले जनाएको छ। यस विषयमा सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले भने,”सर्वदलीय र कार्यव्यवस्था परामर्श समितिले पहिलो बैठकमा पेस गर्ने विषयहरूको सम्बन्धमा छलफल तथा परामर्श गर्नेछन्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 December 2022
Website | + posts
ताजा
काठमाडौं महानगरद्वारा मापदण्डविपरीतका २७१ वटा पानी जार बरामद
आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न नेपाल नागरिकता ऐनलाई संशोधन गर्दै
सोमबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घट्यो
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल