सभामुख घिमिरेले भेटे राष्ट्रपति भण्डारीलाई

सभामुख घिमिरेले भेटे राष्ट्रपति भण्डारीलाई : Icon Khabar

काठमाडौँ, फागुन १६ । सभामुख देवराज घिमिरे र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न सभामुख घिमिरे मंगलबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए ।

राष्ट्रपतिसँगको भेटमा सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयू) बैठकबारे जानकारी गराएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

आईपीयूको १४६ औं बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख आगामी फागुन २६ गते बहराइन जाने कार्यक्रम रहको छ । आईपीयू बैठक फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको राजधानी मनामा सहरमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 February 2023
Website | + posts