ललितपुर महानगरले नगरका तीन ठाउँमा विपद् व्यवस्थापन उपकेन्द्र खोल्ने

छनौटमा परे बुङमति, धापाखेल, बालकुमारीको गुइत दोमार

ललितपुर महानगरले नगरका तीन ठाउँमा विपद् व्यवस्थापन उपकेन्द्र खोल्ने : Icon Khabar

ललितपुर, फागुन १६ । ललितपुर महानगरले महानगरभित्रका तीन ठाउँमा विपद् व्यवस्थापन उपकेन्द्र खोल्ने तयारी गरेको छ ।
महानगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले ती उपकेन्द्र खोल्न प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

शहरीकरणसँगै बढ्दै गएको जनघनत्वका कारण सहरको व्यस्तता छिचोलेर प्रकोप भएको ठाउँमा एम्बुलेन्स, दमकल पुग्न गाह्रो हुने भएकाले महानगरभित्रका अन्य तीन ठाउँमा उपकेन्द्र खोल्ने तयारी गरेको नगर प्रमुख महर्जनले बताए । उनले भने, ‘पुल्चोक दमकलमा भएकोलाई मुख्य केन्द्रको रुपमा उपकरणहरु थप्दै जान्छौं । ’

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले वडा नं.२२ स्थित बुङमतिमा, वडा नं.८स्थित गुइत दोमार र धापाखेलमा यस्तो उपकेन्द्र खोल्नु पर्ने बताए । नगरप्रमुख महर्जनले भने, ‘बुङमति र गुइत दोमारमा थाई सरकारले डिआरआर सेन्टर बनाइदिएको छ, अब त्यहाँ अन्य आवश्यक सामग्रीहरु थप्दै जानेछौं । ’

नगरप्रमुख महर्जनले धापाखेलमा भने पूर्वाधार नै तयार गर्नुपर्ने बताए । पूर्वाधार निर्माणसँगै उपकरणका लागि प्रक्रिया अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरे । महानगरको पुल्चोकस्थित दमकलमा अहिले नगरप्रहरी, एम्बुलेन्स, दमकल र विपद्का बेला आवश्यक पर्ने अन्य उपकरणहरु र शववहान राखिएको छ ।

Published Date: 28 February 2023






ताजा
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न
प्रसिद्ध भारतीय गायिका आशा भोस्ले अस्पताल भर्ना






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा