ललितपुर महानगरले नगरका तीन ठाउँमा विपद् व्यवस्थापन उपकेन्द्र खोल्ने

छनौटमा परे बुङमति, धापाखेल, बालकुमारीको गुइत दोमार

ललितपुर महानगरले नगरका तीन ठाउँमा विपद् व्यवस्थापन उपकेन्द्र खोल्ने : Icon Khabar

ललितपुर, फागुन १६ । ललितपुर महानगरले महानगरभित्रका तीन ठाउँमा विपद् व्यवस्थापन उपकेन्द्र खोल्ने तयारी गरेको छ ।
महानगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले ती उपकेन्द्र खोल्न प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

शहरीकरणसँगै बढ्दै गएको जनघनत्वका कारण सहरको व्यस्तता छिचोलेर प्रकोप भएको ठाउँमा एम्बुलेन्स, दमकल पुग्न गाह्रो हुने भएकाले महानगरभित्रका अन्य तीन ठाउँमा उपकेन्द्र खोल्ने तयारी गरेको नगर प्रमुख महर्जनले बताए । उनले भने, ‘पुल्चोक दमकलमा भएकोलाई मुख्य केन्द्रको रुपमा उपकरणहरु थप्दै जान्छौं । ’

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले वडा नं.२२ स्थित बुङमतिमा, वडा नं.८स्थित गुइत दोमार र धापाखेलमा यस्तो उपकेन्द्र खोल्नु पर्ने बताए । नगरप्रमुख महर्जनले भने, ‘बुङमति र गुइत दोमारमा थाई सरकारले डिआरआर सेन्टर बनाइदिएको छ, अब त्यहाँ अन्य आवश्यक सामग्रीहरु थप्दै जानेछौं । ’

नगरप्रमुख महर्जनले धापाखेलमा भने पूर्वाधार नै तयार गर्नुपर्ने बताए । पूर्वाधार निर्माणसँगै उपकरणका लागि प्रक्रिया अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरे । महानगरको पुल्चोकस्थित दमकलमा अहिले नगरप्रहरी, एम्बुलेन्स, दमकल र विपद्का बेला आवश्यक पर्ने अन्य उपकरणहरु र शववहान राखिएको छ ।

Published Date: 28 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?