नाइटो छेड्नु (पियरसिङ) कतिको सुरक्षित छ ?

नाइटो छेड्नु (पियरसिङ) कतिको सुरक्षित छ ? : Icon Khabar

काठमाडौँ, फागुन १५ । पियरसिङ गर्दा शरीरको कुनै भागमा प्वाल पारिन्छ र त्यसलाई गहना लगाउन योग्य बनाइन्छ । प्रायजसो पियरसिङ सामान्य सियो र बन्दुकको माध्यमबाट गरिन्छ ।

पियरसिङ गर्ने बन्दुकमै कानमा लगाउने टप जोडिएको हुन्छ । बन्दुकले कानमा दुलो पारेसँगै टप त्यहीं फिट हुन्छ । त्यसैगरी आजभोलि मानिसले शरीरको विभिन्न भागमा पियरसिङ गर्छ जसमध्ये एक भाग मानिसको नाइटो पनि हो।

यो विधि खासै सुरक्षित नमानिए पनि नेपालमा यसकै चलन बढी छ ।

– जथाभावी पियरसिङ गर्दा ब्याक्टेरिया, भाइरस, एचआईभी, हेपाटाइटिसलगायत संक्रमणको जोखिम हुन्छ।

– सियोको माध्यमबाट गरिने पियरसिङ व्यक्तिको रोजाइ हो । सियोलाई उचित तरीकाले प्रयोग नगर्दा संक्रमणको जोखिम हुन्छ ।

– जथाभावी छेदन गर्दा घाउ पाक्ने, नकारात्मक प्रतिक्रिया, ब्याक्टेरिया, भाइरस, एचआईभी, हेपाटाइटिसलगायत संक्रमणको जोखिम बढ्छ ।

– बिना अनुभवीको मा गएर नाइटो छेड्दा मासु पलाउने समस्या आउने र नशामा क्षति समेत पुग्नसक्छ ।

– त्यसैले सुरक्षित तवरले अनि अनुभवी व्यक्ति मार्फत मात्रै नाइटो छेड्दा राम्रो हुन्छ र कुनै किसिमको जोखिम हुँदैन। यस्तो पियरसिङ शरीरमा सुहाउँदो पनि हुन्छ ।

Published Date: 27 February 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर