सहकारीमा व्यक्तिगत बचतको सिमा तोक्नु गलत: भक्तपुर जिल्ला बचत संघ

सहकारीमा व्यक्तिगत बचतको सिमा तोक्नु गलत: भक्तपुर जिल्ला बचत संघ : Icon Khabar

भक्तपुर,फागुन १५। सहकारीमा एक व्यक्तिको निक्षेप सिमा तोक्ने विषय गलत भएको भन्दै भक्तपुर जिल्ला बचतले आपत्ति जनाउदै ध्यानकर्षण गरेको छ।

संघले हिजो फागुन १४ गते आइतबार एक प्रेस विज्ञप्ती जारीगर्दै हालै सम्पन्न सम्पति शुद्धिकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्धनका लागि केही ऐन संशोधन गर्न बनेको विधेयक मार्फत सहकारी ऐन २०७४ को दफा ५२ को संशोधन प्रस्तावमा व्यक्तिगत बचतको सिमा तोक्ने कुरा आएकोमा गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।

सहकारी ऐन २०७४ संशोधन प्रस्तावमा सहकारीमा एक सदस्यले बचत तथा निक्षेप बढीमा २५ लाख मात्र राख्न सकिने गरी सिमा तोक्नु ,सहकारी क्षेत्रलाई संकुचित बनाउने र सहकारीको प्रगतिलाई छेकबार लगाउने सहकारीलाई सधै कमजोर बनाईराख्ने षड्यन्त्र भएको प्रति आफुहरुको आपति रहेको संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले बताए ।

नेपालको संबिधानले अर्थतन्त्रको एक बलियो खम्बाको रुपमा सहकारीलाइ अंगिकार गरेको भन्दै सहकारी क्षेत्रले ७० हजार व्यक्तिलाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउनुका साथै अप्रत्यक्ष रुपमा विभिन्न पेशा, व्यवसाय, उधोग र व्यापार मार्फत लाखौ व्यक्तिहरुलाई रोजगारी प्रदान गदै आएको र ७३ लाख सदस्य आवद्ध रहेको र संख्यात्मक तथा क्षेत्रगत रुपमा देशको ठुलो संजालको रुपमा सहकारी स्थापित भएको विज्ञप्तीमा उल्लेख गरेको छ ।

त्यसैगरि वित्तिय सहकारीलाई अनुगमन र निरिक्षण गर्न राष्ट्र बैंकलाई दिने संशोधन प्रस्ताव स्वागतयोग्य रहको संघले जनाएको छ ।

सहकारी अभियानलाई प्रतिगमनमा डोहोर्याउने गरी बचतको सिमा तोक्ने संशोधन प्रस्ताव हटाउन संघले माग गरेको छ । संशोधन प्रताव हटाउन राष्ट्रिय सहकारी महासंघले खेलेको भुमिकामा संघको ऐक्यवद्धता रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।

सहकारी

.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 February 2023
Website | + posts