विश्वकप लिग–२ : पीएनजीमाथि नेपालको सहज जित

विश्वकप लिग–२ : पीएनजीमाथि नेपालको सहज जित : Icon Khabar

काठमाडौं, फागुन १५  । नेपालले संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा  पपुवा न्युगिनी (पीएनजी)माथि सहज जित निकालेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको यस सिरिजको आफ्नो पहिलो खेलमा नेपालले पीएनजीलाई चार विकेटले हरायो ।

जितका लागि पीएनजीले दिएको दुई सय चार रनको लक्ष्य पछ्याएको नेपालले ४५.२ ओभरमा ६ विकेटको क्षतिमा दुई सय सात रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

नेपालका लागि कुशल भुर्तेलले ५६ रन बनाए । आशिफ शेखले ४४, आरिफ शेखले ३८, कप्तान रोहितकुमार पौडेलले २० र दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए । बलिङमा पीएनजीका कप्तान असद भालाले तीन विकेट लिए। नर्मन भानुवा र सेसे बाउले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय तीन रन बनाएको थियो ।

पीएनजीका लागि चाड सोपारले अविजित ३६ रन बनाए । कप्तान असद भालाले पनि ३६, सेसे बाउले ३१, किप्लिन डोरिगाले २९, नर्मन भानुवाले २५ र हरि हरिले १० रन बनाए ।

बलिङमा नेपालका गुलशन झाले तीन विकेट लिए । कुशल मल्लले दुई तथा करण केसी, सोमपाल कामी, प्रतिश जिसीले एक एक विकेट लिए । प्रतिशले पीएनजीविरुद्ध यही खेलबाट डेब्यु गरेको हो ।

जितसँगै २९ खेलबाट २८ अंक बनाएको नेपाल छैटौं स्थानमा छ । समान खेलबाट पाँच अंक बनाएको पीएनजी अन्तिम तथा सातौं स्थानमा छ । २८ खेलबाट २९ अंक बनाएको यूएई पाँचौं स्थानमा छ ।

नेपालले हालै घरेलु मैदानमा भएको स्कटल्यान्ड र नामिबिया सम्मिलिथ सिरिजको चारवटै खेल जितेको थियो । सिरिजमा नेपालले फागुन १८ गते युएई, १९ गते पीएनजी र २२ गते युएईसँग खेल्नेछ ।

सात टोली सहभागी लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । नेपाललाई विश्वकपमा स्थान बनाउन अब ६ खेल जित्नुपर्ने बाध्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 February 2023
Website | + posts
ताजा
भारतको उत्तराखण्डमा आएको बाढी र पहिरोमा हराइरहेका २६ जना नेपालीको नाम सार्वजनिक
तामाकोशी नदीमा बगरे एक वृद्ध बेपत्ता
नेपाली फिल्म ‘महाभोज’ अब नेपाली ओटीटी प्लेटफर्ममा
विद्यार्थी संगठनको तोडफोड र धम्कीका कारण त्रिविद्वारा सरकारसँग सुरक्षा माग


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल