विश्वकप लिग–२ : पीएनजीमाथि नेपालको सहज जित

विश्वकप लिग–२ : पीएनजीमाथि नेपालको सहज जित : Icon Khabar

काठमाडौं, फागुन १५  । नेपालले संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा  पपुवा न्युगिनी (पीएनजी)माथि सहज जित निकालेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको यस सिरिजको आफ्नो पहिलो खेलमा नेपालले पीएनजीलाई चार विकेटले हरायो ।

जितका लागि पीएनजीले दिएको दुई सय चार रनको लक्ष्य पछ्याएको नेपालले ४५.२ ओभरमा ६ विकेटको क्षतिमा दुई सय सात रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

नेपालका लागि कुशल भुर्तेलले ५६ रन बनाए । आशिफ शेखले ४४, आरिफ शेखले ३८, कप्तान रोहितकुमार पौडेलले २० र दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए । बलिङमा पीएनजीका कप्तान असद भालाले तीन विकेट लिए। नर्मन भानुवा र सेसे बाउले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय तीन रन बनाएको थियो ।

पीएनजीका लागि चाड सोपारले अविजित ३६ रन बनाए । कप्तान असद भालाले पनि ३६, सेसे बाउले ३१, किप्लिन डोरिगाले २९, नर्मन भानुवाले २५ र हरि हरिले १० रन बनाए ।

बलिङमा नेपालका गुलशन झाले तीन विकेट लिए । कुशल मल्लले दुई तथा करण केसी, सोमपाल कामी, प्रतिश जिसीले एक एक विकेट लिए । प्रतिशले पीएनजीविरुद्ध यही खेलबाट डेब्यु गरेको हो ।

जितसँगै २९ खेलबाट २८ अंक बनाएको नेपाल छैटौं स्थानमा छ । समान खेलबाट पाँच अंक बनाएको पीएनजी अन्तिम तथा सातौं स्थानमा छ । २८ खेलबाट २९ अंक बनाएको यूएई पाँचौं स्थानमा छ ।

नेपालले हालै घरेलु मैदानमा भएको स्कटल्यान्ड र नामिबिया सम्मिलिथ सिरिजको चारवटै खेल जितेको थियो । सिरिजमा नेपालले फागुन १८ गते युएई, १९ गते पीएनजी र २२ गते युएईसँग खेल्नेछ ।

सात टोली सहभागी लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । नेपाललाई विश्वकपमा स्थान बनाउन अब ६ खेल जित्नुपर्ने बाध्यता छ ।

Published Date: 27 February 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर