बागमती प्रदेशसभाद्वारा दुई वटा विधेयक सर्वसम्मतिले पारित

बागमती प्रदेशसभाद्वारा दुई वटा विधेयक सर्वसम्मतिले पारित : Icon Khabar

काठमाडौं, फागुन १५ । बागमती प्रदेशसभाले दुई वटा विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

बागमती प्रदेशसभाको आजको बैठकले वाग्मती प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी विधेयक, २०७९ र स्थानीय तहको गठन र सञ्चालनसम्बन्धी विधेयक, २०७९ स्वीकृत गरेको छ ।

विधेयक व्यवस्थापन समितिले आइतबार दफावार छलफल गरेपछि विधेयकहरु संसदमा पेस गरिएको हो । प्रतिनिधिसभाका सभामुख भुवनकुमार पाठकले उक्त विधेयक निर्णयार्थ संसदमा प्रस्तुत गरेका थिए ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रमाणीकरण गरेपछि उनीहरुको स्वीकृति छिट्टै सञ्चालनमा आउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 February 2023
Website | + posts