लोकेश्वर साकोसको अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न

लोकेश्वर साकोसको अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर,फागुण १५ । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछें, भक्तपुरको आ.व. २०७९/०८० को अर्ध बार्षिक समिक्षा कार्यक्रम साविक भक्तपुर नपा वडा नं. १५ का पूर्व वडा अध्यक्ष रविन्द्र खर्बुजाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि खर्बुजाले सहकारीका सात सिद्धान्तको विकास क्रमबारे चर्चा गदै उक्त सिद्धान्त अनुरुप हरेक सहकारीले निरन्तर कार्य गर्नुपर्ने बताए । देशको बिग्रन्दो राजनीतिक अवस्थालाई औल्याउदै अहिले पनि अस्थिर राजनीतिक अवस्था रहेको र सबै ठूला राजनितिक दलका नेताहरु देश विकासमा भन्दा पनि सरकारमा राजनितिक भागबन्दामा बढी ध्यान केन्द्रीत भएकोमा चिन्ताव्यक्त गरेका थिए । सरकारले गरेका असमान राष्ट्रघाती सन्धि सम्झौताहरुबाट नेपालको हरेक क्षेत्रमा प्रत्यक्ष असर परेको र तत्काल त्यस्ता असमान सम्झौता खारेज गर्नुपर्नेमा जोड दिदैँ असमान सम्झौताहरु कै कारण वित्त तथा सहकारी क्षेत्रमा विभिन्न विकृति र विसंगतिले खेल्ने मौका पाएको, भारतीय एकाधिकार पूजीका कारण नेपाली व्यापारीहरु पलायन हुनु परेको र परनिर्भरताको वातावरण चुलिंदै गएको बताए ।

भक्तपुर नगरपालिका वडा नं. २ का वडा सदस्य श्यामसुन्दर मातांले नगरपालिकाको तेह्रौं नगर परिषद्ले पारित गरेको सहकारी नियमावलीमा व्यवस्था भएका नीति नियमको बारेमा जानकारी दिएका थिए । साथै नगरपालिकाले गर्दै आएका सहकारीसंग सम्बन्धित विभिन्न गतिविधिहरु, अतिआवश्यक तालिमहरु संचालन र सहकारी अनुगमनबाट देखिएका सहकारीका समस्याहरु लगायत अन्य विविध कार्यहरुको बारेमा बताएका थिए ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका व्यवस्थापक बालकृष्ण धोंजुले संस्थाबाट प्रस्तुत प्रतिवेदनमा समावेश गतिविधिको चर्चा गर्दै सहकारीमा अहिले भइरहेको घटनाक्रम तथा विग्रन्दो विविध अवस्थालाई तत्काल सुधार्नु पर्ने बताए । अब सर्वसाधारणले नै सहकारी चिन्नुपर्ने, सहकारीको संचालकहरुलाई नचिनि एकजना स्थानिय कर्मचारीको विश्वासको भरमा बचत रकम जम्मा गर्न नहुनेमा ध्यानाकर्षण गरेका थिए । उनले सहकारी क्षेत्रलाई समस्यामा पर्नेगरी सरकारले ल्याएको नीति नियमलाई तत्काल खारेजीको लागि संघबाट सम्बन्धी निकायलाई निरन्तर घचघच्याइ रहेको जानकारी दिदै संस्थामा सुधार गर्नु पर्ने विषयमा सल्लाह सुझाब दिएका थिए ।

संस्थाका अध्यक्ष एवं सभापति राजन जतिले संस्थाले वित्तिय कारोबार मात्रलाई नभइ सदस्यहरुको माग अनुसार सामाजिक उत्तरदायित्व बहन गर्ने किसिमका कार्यहरु गर्दै आएको जसले सामाजिक रुपान्तरण तथा सदस्यहरुको जिवनस्तर सुधारमा अहम भूमिका खेलेको र आगामी दिनहरुमा पनि यस्ता कृयाकलापहरुलाई निरन्तरता दिदै जाने बताए । उक्त कार्यक्रममा संस्थाका लेखासुपरिवेक्षण समितिका संयोजक लक्ष्मीभक्त दुवालले लेखा प्रतिवेदन, सचिव राजु छुकांले अर्ध बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले आर्थिक प्रतिवेदन र विभिन्न उप–समितिबाट आ–आफ्नो प्रगति प्रतिवेदनहरु प्रस्तुत गरेका थिए भने कार्यक्रममा संस्थाका प्रबन्धक प्रशान्त मानन्धरले पनि संस्थाको बारे बोलेका थिए ।

Published Date: 27 February 2023
ताजा
मंगलबार नेप्से परिसूचक २४.५७ अंकले बढ्यो
विश्वकप २०२६: बेल्जियमको शानदार प्रदर्शन, अमेरिकामाथि ४–१ को जितसहित क्वार्टरफाइनलमा स्पेनसँग भेट
अन्तिम समयमा मेरिनो चम्किए, पोर्चुगललाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप क्वाटरफाइनलमा
मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी