सुरक्षा फौजको कारबाहीमा परी इराकमा आईएस आतङ्ककारी समूहका कम्तीमा १७ जना मारिए

सुरक्षा फौजको कारबाहीमा परी इराकमा आईएस आतङ्ककारी समूहका कम्तीमा १७ जना मारिए : Icon Khabar

बगदाद, फागुन १५ । (सिन्हवा) इराकमा सुरक्षा फौजको कारबाहीमा परी आईएस आतङ्ककारी समूहका कम्तीमा पनि १७ जनाको ज्यान गएको बताइएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार इराकको पश्चिमी प्रान्त अन्बरको अकसात क्षेत्रमा ती आतङ्ककारी मारिएका हुन् ।

इराकी सेनाका प्रवक्ता याहिया रोसलले दिएको जानकारीअनुसार यहाँका कतिपय क्षेत्रमा आईएसले पछिल्लो समयमा आतङ्क मच्चाएकाले उनीहरुका विरुद्धमा सेनाले कारबाही अघि सारेको छ । सो कारबाहीमा परेर आइतबार आईएस समूहका एकजना कमाण्डरसहित १७ जनाको ज्यान गएको प्रवक्ता रोसलले जानकारी दिएको हो।

प्रवक्ता रोसलले गएका केही महिना यतादेखि यहाँको सेनाले उक्त अन्बर प्रान्तमा सशक्त कारबाही गर्दै आएको छ । सो प्रान्तमा यहाँका आईएस समूहले सुरक्षा फौज तथा सरकारी कार्यालयमाथि नै आक्रमण गर्ने गरेकाले सो कारबाही अघि बढाइएको हो ।

इराकको सेनाले सन् २०१७ मा आईएसका विरुद्धमा व्यापक कारबाही गरी देशका सबै भूभाग आफ्नो नियन्त्रणमा लिएको थियो । त्यसपछि यहाँ शान्तिसुरक्षाको राम्रो अवस्था रहेको भए पनि कतिपय स्थानमा अहिले पनि आईएसले आतङ्ककारी गतिविधिलाई निरन्तरता दिने गरेका छन् ।

Published Date: 27 February 2023
ताजा
मंगलबार नेप्से परिसूचक २४.५७ अंकले बढ्यो
विश्वकप २०२६: बेल्जियमको शानदार प्रदर्शन, अमेरिकामाथि ४–१ को जितसहित क्वार्टरफाइनलमा स्पेनसँग भेट
अन्तिम समयमा मेरिनो चम्किए, पोर्चुगललाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप क्वाटरफाइनलमा
मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी